मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २७ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अल्टिमेटममा ओलीको बेवास्तापछि अन्तिम निर्णयका लागि छलफलमा जुट्याे नेपाल–खनाल समूह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार १०:४५:००

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपाल–खनाल समूहले दिएको अल्टिमेटमको समय सकिँदा पनि उताबाट सुनुवाइ नभएपछि नेपाल–खनाल समूह छलफलमा जुटेकाे छ ।

आइतबार नेपाल–खनाल समूहले सोमबार बिहान ९ बजेसम्मका लागि  ओलीलाई सच्चिन अल्टिमेटम र मध्यराति माधवकुमार नेपालले ६ बुँदे मागसहितको पत्र पठाएका थिए ।

तर, ओलीले पत्र र अल्टिमेटमलाई बेवास्ता गर्दै कुनै सुनुवाइ नगरेपछि नेपाल–खनाल समूहका सांसदहरू सिंहदरबारमा भेला भएर अन्तिम निर्णयका लागि छलफलमा जुटेका छन् ।