मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
तस्बिर अमुल थापा
अमुल थापा काठमाडौं
२०७८ बैशाख २६ आइतबार १७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारमा माधव नेपालसँग के–के कुराकानी भयो ? सुवास नेम्वाङको ब्रिफिङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ बैशाख २६ आइतबार १७:१२:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको दूतको रूपमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता विष्णु पौडेलले आइतबार छलफल गरेका छन् । सामूहिक राजीनामाको अन्तिम तयारीमा सिंहदरबारमा नेपाल–खनाल पक्षका सांसद भेला भएको वेला नेम्वाङ र पौडेलले ओलीको दूतको रूपमा नेपालसँग आइतबार छलफल गरेका हुन् । 

छलफलमा के–के कुराकानी भयो ? यस्तो छ सुवास नेम्वाङको ब्रिफिङ
प्रधानमन्त्रीज्यूले मलाई र कमरेड विष्णु पौडेललाई माधव कमरेडसँग कुराकानीका लागि पठाउनुभएको हो । हामीले माधव कमरेडसँग गम्भीरतापूर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल ग¥यौँ । खुलस्त कुराकानी ग¥यौँ । प्रधानमन्त्री, पार्टी अध्यक्षको चिन्ता र सरोकारका कुरा पनि उहाँसमक्ष राख्यौँ । सम्पूर्ण पार्टीपंक्तिको चिन्ता र सरोकारको कुरा पनि हामीले कमरेड माधव नेपालसँग राख्यौँ । 

उहाँले पनि आफ्ना कुरा खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुरा, प्रधानमन्त्री, पार्टी अध्यक्षसमक्ष पु¥याउँछौँ ।  एउटा कुरा एकदमै सकारात्मक छ– त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लिएर जानुपर्छ भन्नेमा विवाद छैन । हाम्रो कुराकानीमा त्यो प्रतिबिम्बित भएको पाएका छौँ । तर, कसरी देखिएका समस्यालाई समाधन गर्ने, कसरी यसलाई टुंगोमा पु¥याउने भन्नेबारेमा हामी सबैको चिन्ता हो । र, कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौँ । यही सन्दर्भमा छलफल गरेर यसलाई भरसक चाँडो टुंगोमा पु¥याउनका लागि ठोस रूपमा के आधारहरू हुन सक्छ त्यसबारेमा सल्लाह गर्ने र फेरि पनि भेटघाट गरेर पार्टीलाई एकताबद्ध बनाउने भन्नेबारेमा हामीबीचमा कुराकानी भएको छ । हामी सके भरे, नभए भोलि बिहान फेरि बस्छौँ । आवश्यकताअनुसार प्रधानमन्त्रीज्यू र माधव कमरेडबीच पनि कुराकानी हुन्छ ।