१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन उपत्यकाका मेयरहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:३३:oo

काठमाडौं उपत्यकाका मेयरहरूले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् । निषेधाज्ञा अवधिमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउन माग गरेको हो । 

फोरमले निषेधाज्ञालाई कडाइका साथ पालना गर्ने र गराउने निर्णय पनि गरेको छ । ‘सरकारले जारी गरेको निषेधाज्ञामा पनि संक्रमण बढिरहेको छ, त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि सबै नगरवासीलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छौँ,’ फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने । 

बैठकले संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएकाले तत्काल सहज आपूर्तिका लागि व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेको छ । 

हाल काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार नाघेको छ । जसमध्ये काठमाडौंमा २६ हजार चार सय २६, भक्तपुरमा तीन हजार पाँच सय ४० र ललितपुरमा पाँच हजार सात सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।
 

ad
ad