मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पिपिई खोल ओडेर शववाहनचालकको कालोबजारी, एक किलोमिटर शव बोकेको १० हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

पिपिई खोलको नाममा शववाहनचालकले रुपन्देहीमा मनलाग्दी भाडा असुलेको पाइएको छ । सर्वसाधारणले भनेको समयमा शववाहन र एम्बुलेन्स नपाइरहेको अवस्थामा पाइहाले पनि निकै महँगो रकम भुक्तानी गर्नुपरेको बुटवल उपमहानगरपालिका–११ का टेकबहादुर सूर्यवंशीले बताए । ‘आफन्त मरेको पीडा छँदै छ, त्यसमाथि पनि एम्बुलेन्स र शव वाहनचालकले मनलाग्दी भाडा असुल्ने गरेका छन् ।’

भैरहवास्थित भीम अस्पतालअगाडि आफन्तको शव स्वर्गद्वारी घाटसम्म लैजान शववाहन खोजेका उनले अस्पतालदेखि एक किलोमिटर पर रहेको घाटसम्म लगेको १० हजार मागेपछि उनी निराश बने । लु २ च ७४०३ नम्बरको बुद्ध जागरण सामाजिक सेवा अभियान नेपालले सञ्चालन गरेको शववाहनले १० हजार रुपैयाँ मागे । सूर्यवंशीले बताए । 

शववाहनचालकले पिपिई लगाएको र शव निकालेपछि शववाहन निसंक्रमित गर्नुपर्ने भएकाले १० हजार भाडा लिएको बताए । शव वाहनको भाडा जिल्ला प्रशासनबाट स्वीकृत भएको चालकको दाबी छ । 

नेपाल सरकारले राजस्व छुटमा सञ्चालनमा रहेका शववाहन र एम्बुलेन्सको अनुगमन हुनभने सकेको छैन । भीम अस्पताल परिसरमा भेटिएका सिद्धार्थनगर नगरपालिका वडा–३ का वडाध्यक्ष थानेश्वर पौडेलले शववाहनले १० हजार भाडा असुल्नु नियमविपरीत भएको बताए । 

संयुक्त एम्बुलेन्सचालक संघ रुपन्देहीका अध्यक्ष मनु गुरुङले शव बोक्ने चालकको छुट्टै मापदण्ड भएको बताए । अस्पतालबाट शव ब्यवस्थापन गर्ने स्थानसम्म पु¥याएको सरकारले १५ लिटर एम्बुलेन्सका लागि तेल दिने र चालकलाई दुई हजार प्रोत्साहन भत्ता दिने नियम रहेको गुरुङले बताए । कुनै चालकले बदमासी गरे कानुनी कारबाही गर्न सिफारिस गर्ने उनले बताए । 

रुपन्देहीका शववाहन मात्र नभएर एम्बुलेन्सचालकहरूले पनि जबर्जस्ती भाडा असुल्ने गरेको बिरामीका आफन्तहरूको भनाइ छ । रुपन्देहीमा ९२ वटा एम्बुलेन्स र चारवटा शववाहन सञ्चालनमा छन् । सबै नेपाल सरकारबाट भन्सार छुटमा सञ्चालित हुन् ।