१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकैबारीमा अर्धनग्न अवस्थामा फेला परेकी महिलाको मृत्युको कारण पत्ता लागेन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:o६:oo

पाँच दिनअघि मकैबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी मोरङ कानेपोखरीकी एक महिलाको मृत्युको रहस्य प्रहरीले अझै पत्तो पाउन सकेको छैन ।  १९ वैशाख बिहान ९ बजेतिर मोरङको रतुवामाई नगरपालिका– ६ स्थित सन्थाल बस्तीनजिकै बेरामारी भन्ने स्थानमा रामप्रसाद भण्डारीको मकैबारीभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी कानेपोखरी गाउँपालिका– १ विसनपुर सुकुम्बासी बस्तीमा बसोवास गर्दै आएकी सन्थाल समुदायकी  ३२ वर्षीया सरिता सोरनको मृत्युकाे रहस्य प्रहरीले अझै पत्तो पाउन नसकेको हो । 

यद्यपि शरीरमा प्रशस्त चोटपटक र नीलडाम भएकाले मृतक सरिताको मृत्यु स्वाभाविक नभएर हत्या नै भएको प्रहरीको प्रारम्भिक ठहर छ । स्थानीयले सुरुवाल सुर्किएको अवस्थामा भएकाले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने शंका गरेका छन् । तर, प्रहरीले भने पोस्टमार्टम रिपोर्टले पुष्टि नगरी बलात्कार भन्न नसकिने जनाएको छ । गाउँमा केहीले सरिताको  हत्याको कारण यौन सम्बन्ध पनि हुन सक्ने अनुमान गरेका छन् । 

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा कुकुर पनि परिचालन गरेको थियो । तर, कुकुरले कुनै मानिसलाई पत्तो लगाउन सकेन । मात्रै मकैबारीदेखि सन्थाल बस्तीसम्म पछ्याएको थियो । यसैले सरिताको हत्यामा सन्थाल बस्तीमै बसोवास गर्ने कसैको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।  

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले सरिताको मृत्यु हत्या नै भएको आशंकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । स्थानीयका अनुसार मृतक सरिताका श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । उनका १५ वर्षीय एक छोरा छन् । 
सम्पादकीय असावधानीले प्रकाशित तस्बिर हटाइएको छ ।

ad
ad