१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार सिकिस्त बिरामी कर्मचारीको उद्धार हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo

डोल्पाको उत्तरी क्षेत्रअन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन । तीन दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र विक, प्राविधिक खेमराज सिंह, प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्यचौकी प्रमुख दिक्पाल रोकायको उद्धार हुन नसकेको हो ।

बिरामीहरू आफैँ हिँडेर दुनै पुग्ने अवस्था नभएकाले हेलिकाेप्टरबाट उद्धारका लागि मंगलबारदेखि पहल गरिए पनि मौसममा आएको खराबीले काठमाडौंबाट हेलिकाेप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए ।

कार्यालयको कामको सिलसिलामा वैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरू रुखाखोकी, ज्वरो, शरीर दुख्ने र सास फेर्ने गाह्रो हुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताए । बिरामीहरूमा कोभिडजस्तो लक्षण देखिए पनि उपल्लो डोल्पामा परीक्षण गर्ने कुनै माध्याम नभएकाले यकिन गर्न नसिकएको प्राविधिक बुढाको भनाइ छ ।

हिजोदेखि नै मौसमा बिग्रेर काठमाडाैं, पोखरा हुँदै उपल्लो डोल्पा पुग्ने हवाई रुटहरू नखुलेकाले काठमाडौंबाट हेलिकाेप्टर उड्न नसकेको वरिष्ठ पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले जानकारी दिए । धोबाट दुनै पुग्न मात्रै तीन लाग्ने गर्दछ ।

ad
ad