Skip This
पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन नुवाकोट कांग्रेसको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन नुवाकोट कांग्रेसको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

कांग्रेस नुवाकोटले कोभिड– १९ संक्रमितहरूले उपचार नपाउने अवस्था सिर्जना भएको भन्दै आफ्नो कार्यालयमा अस्थायी कोभिड अस्पताल बनाउन प्रस्ताव गरेको छ । 

जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेका हुन् । 

‘स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु योभन्दा लाचारीपन केही हुन सक्दैन,’ सभापति केसीले भने, ‘संक्रमितको उपचारका लागि विदुरस्थित पार्टी कार्यालय रहेको नवनिर्मित भवनमा १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गर्दछु ।’ सभापति केसीले जिल्लामा संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भएको गुनासो आउन थालेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । 

‘नुवाकोटका नागरिकको जीवनरक्षाका लागि कांग्रेस नुवाकोट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, हरबखत हरपल कांग्रेस सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ केसीले भनेका छन् ।