१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संरक्षित उल्लु चरासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२१:oo

काभ्रेको धुलिखेल नगरपालिका– ९ काभ्रेभञ्ज्याङबाट प्रहरीले संरक्षित चरा उल्लुसहित एकजनालाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका– २ भिरकोटका ३४ वर्षीय केशर श्रेष्ठलाई उल्लुसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार सोमबार भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेका श्रेष्ठले शंंकास्पद गतिविधि गरेपछि खानतलासी गर्दा संरक्षित उल्लु फेला परेको हो ।

काभ्रेभञ्ज्याङस्थित बिपी राजमार्गमा शंकास्पद व्यक्तिहरू र सवारीसाधनहरूको जाँच गर्ने क्रममा भकुण्डेतर्फबाट धुलिखेलतर्फ हिँडेर आउँदै गरेका श्रेष्ठलाई उल्लु चरासहित पक्राउ गरेको खतिवडाले जानकारी दिए । श्रेष्ठले संरक्षित चरा लुकाइछिपाइ ल्याएको अवस्थामा पक्राउ गरेको उनको भनाइ छ ।

श्रेष्ठलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेमा पठाइएको प्रहरीले जनाएको छ ।
 

ad
ad