१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
२o८१ जेठ १२ शनिबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बारामा बेल्ड टेस्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १५:o८:oo

नेपाल सिनक्योकुसिन कराते संघ बारा डोजोले सिमरामा एक कार्यक्रमबीच बेल्ड टेस्ट सम्पन्न गरेको छ । सिमरा फनपार्कमा शनिबार संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रमुख प्रशिक्षक राजकुमार महतोले खेलाडीलाई प्रशिक्षण दिएका छन् । 

प्रशिक्षक महतोले खेलाडीले प्राप्त बेल्डको सही प्रयोग र यस क्षेत्रमा खेलप्रतिको रुचि जगाउन आवश्यक रहेको बताए । लायन्स क्लब अफ सिमराका अध्यक्ष हंकलपित न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा करातेका ३० जना खेलाडीको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्यौपानेले देश विकासका खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकार र निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । 

नेपाल सिनक्योकुसिन कराते संघ बाराका अध्यक्ष राजेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा संघ बाराका उपाध्यक्ष दुर्भ क्षेत्री, नेपाल केन्पो खुकुरी मार्सल आर्ट बाराका सचिव हेमन्त शाह ठकुरी, सदस्यहरू रोबन शाह ठकुरी, रमेश अधिकारीलगायतको उपस्थिति थियो ।
 

ad
ad