१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भारतको पुने सहरको एक रेस्टुरेन्टले कोरोनाको खोप लगाएका आफ्ना ग्राहकलाई विभिन्न अफर दिने गरेको छ । तस्बिर : एजेन्सी
२o८१ बैशाख ३१ सोमबार o९:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

कोरोनाविरुद्धको खोप लगाउँदा आकर्षक उपहार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:५४:oo

कोरोना भाइरसबाट बच्ने धेरै उपाय छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितबाट बच्न सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने तथा नियमित रूपमा हात धुने जस्ता प्रोटोकल बनाएको छ । यसबीच, पछिल्लो समय खोप कोरोनाविरुद्ध लड्ने मुख्य हतियारझैँ बनेको छ । विश्वभरि नै विभिन्न कम्पनीका खोप कार्यक्रम सञ्चालन भइरहेका छन् ।

खोप लगाएपछि संक्रमित संख्या घट्ने विश्वास गरिएको थियो । यद्यपि, खोप कार्यक्रम भइरहे पनि पछिल्लो समय संक्रमित संख्या निकै बढिरहेको छ । पुनः एकपटक विश्वमै कोरोना भाइरसले आतंक मच्चाएको छ । कोरोनाको दोस्रो र तेस्रो लहर नियन्त्रण गर्न विभिन्न देशले खोप लगाउने व्यक्तिलाई आकर्षित पार्ने योजना सार्वजनिक गरिरहेका छन् । भारतको राजधानी नयाँदिल्लीमा खोप लगाउने व्यक्तिले वार्षिक पाँच प्रतिशत कर छुट पाउनेछन् । 

यसैगरी, गुजरातको मोरबी जिल्लाले स्वर्ण योजना ल्याएको छ । मोरबी जिल्लामा स्वर्णकार समाज नै गठन भएको छ । समाजले खोप लगाउने महिलालाई सुनको रिङ तथा पुरुषलाई औँठी दिने भएको छ । अहिलेसम्म यस योजनाबाट एक हजार तीन सय ३१ जना महिला लाभान्वित भएका छन् । रुसले खोप लगाउने व्यक्तिलाई आइसक्रिम निःशुल्क भनेको छ । 

८० प्रतिशत खोप वितरण भइरहेको इजरायलले केक, पिज्जा र पेस्ट्रिक सित्तैमा बाँड्ने घोषणा गरेको छ । विश्वमा संक्रमित संख्याको हिसाबले अमेरिका शीर्ष स्थानमा छ । जो बाइडेन प्रशासनले अमेरिकामा भ्याक्सिन वितरण कार्यक्रमलाई तीव्र बनाउन खोप लिएका नागरिकले फ्री भिडियो गेमको एप्स डाउनलोड गर्न सक्ने जनाएको छ । 

साथै, विभिन्न डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न जाँदा केही प्रतिशत छुट पाउने पनि भनिएको छ । अमेरिकाका केही कम्पनीले आफ्ना कर्मचारीलाई कोरोनाबाट सुरक्षित राख्न अनिवार्य खोप लिनुपर्ने निर्देशन दिएका छन् । ती कम्पनीले खोप लगाएका कर्मचारीलाई दुई सय ५० डलर बोसनका रूपमा दिने घोषणा पनि गरेका छन् । यति मात्र नभएर ती खोप लगाएका कर्मचारीले आफूले चाहेको समयमै दुई दिनको बिदा लिन सक्छन् । 

अन्य देशको तुलनामा अमेरिकामा थप आकर्षक उपहार योजना सार्वजनिक भइरहेको छ । अमेरिकाका विभिन्न राज्यले आफ्ना नागरिकलाई भ्याक्सिनप्रति आकर्षित गराउने धेरै किसिमका योजना सार्वजनिक गरेका छन् । म्याक डोनाल्ड, एटी एन्ड टी, इन्साकोर्ट, टे«डर जोस तथा काबानीजस्ता विश्वप्रसिद्ध कम्पनीले आफ्ना कर्मचारीलाई बिदा तथा नगद बोनस प्रदान गर्ने जनाएका छन् । 

ती कम्पनीले कर्मचारीलाई अफिसबाट खोप केन्द्रसम्म पुग्न ३० डलर दिने घोषणा गरेका छन् । यसैगरी, मिसिगनले भ्याक्सिन लगाउने वयस्कलाई सित्तैमा गाँजा उपलब्ध गराउने भएको छ । जापानले पनि योजना सार्वजनिक गरेको छ । सरकारका एक मन्त्री तारो कानोले हालै एक अन्तर्वार्तामा खोप लगाएका नागरिकले जापानमा उपलब्ध हुने महँगो परिकार ‘ग्योझा’ दिने बताएका छन् । ग्योझा एक किसिमको पकौडा हो । 

संयुक्त अरब इमरेट्सका रेस्टुरेन्टहरूले ग्राहक बढाउन आकर्षक योजना बनाएका छन् । दुबईका केही महँगा तथा नाम चलेका रेस्टुरेन्टले कोरोनाको पहिलो खोपमा ९० तथा दोस्रो खोपमा ८० प्रतिशत छुट दिने जनाएका छन् । मेक्सिकोमा खोप लगाएका व्यक्तिले मन परेको ब्यान्ड बाजा बजाउन सक्छन् । 

कोरोना महामारीका वेला ठूला महोत्सव आयोजनाको अनुमति दिने चीनले पनि खोपप्रति जागरुक गराउन योजना सुरु गरेको छ । बेइजिङका कैयौँ सपिङ सेन्टरले आइसक्रिम बाँड्ने योजना ल्याएका छन् । ६० वर्षमाथिका वृद्धवृद्धालाई पहिलो खोपमा एक बक्स तथा दोस्रो खोपमा दुई बक्स अन्डा अफर गरिएको छ । 

-नयाँदिल्लीमा खोप लगाउने व्यक्तिले वार्षिक पाँच प्रतिशत कर छुट पाउनेछन्, गुजरातको मोरबी जिल्लामा खोप लगाएका महिलालाई सुनको रिङ दिने घोषणा भएको छ


-दुबईका केही महँगा तथा नाम चलेका रेस्टुरेन्टले कोरोनाको पहिलो खोपमा ९० तथा दोस्रो खोपमा ८० प्रतिशत छुट दिने जनाएका छन्, इजरायलमा खोप लगाएकाले केक, पिज्जा र पेस्ट्रिक सित्तैमा पाउने 


-अमेरिकाका केही कम्पनीले खोप लगाएका कर्मचारीलाई दुई सय ५० डलर बोनसका रूपमा दिने र दुई दिन बिदाको कार्यक्रम घोषणा गरेका छन्, खोप लगाउने केन्द्रसम्म जान कर्मचारीले ३० डलर पाउने

ad
ad