१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २८ शनिबार १५:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पदकमा पुरानै नक्सा प्रयोग गरिएकोमा युवा संघको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २८ शनिबार १५:१४:००

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पर्‍याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा वितरण गरेको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोइ, नेपालको पूर्ण नक्साको प्रयोग सुनिश्चित गर’लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘संविधान मिच्न पाइँदैन, पूर्ण नक्सा प्रयोगमा ल्याऊ, राष्ट्रघाती सरकार मुर्दावाद, चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’लगायतका नारा लगाएका थिए ।