१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद जारी हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo

स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको मुद्दाका लागि म्याद तामेल भए पनि गच्छदारले बुझेका थिएनन् । 

शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो । आदेशपछि काठमाडौंमा रहेको उनको निवासमा म्याद तामेल गरिने विशेषले जनाएको छ । १७ चैतमा सरकारका तर्फबाट दायर मुद्दामा विशेषले पुनः म्याद तामेल गर्न आदेश दिएको हो । उनलाई हाजिर हुन दिइएको अवधिभित्र उपस्थित नभएपछि अबको प्रक्रिया के हुने वा के गर्ने भन्ने विषयको निक्र्योल गर्न विशेषमा यो निवेदन दिइएको थियो । त्यसैमाथि शुक्रबार फैसला आएको हो । 

मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, यस अवधिमा पनि उनी अदालत पुगेनन् । यसै कारण अबको प्रक्रिया के हुने भन्ने सन्दर्भमा विशेषबाट गच्छदारको काठमाडौंस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो । 
 

ad
ad