१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/सिन्ह्वा नयाँदिल्ली
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा एकैदिनमा एक लाख २७ हजार संक्रमित  

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार पाँच सय ७४ पुग्याे भने कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या  एक लाख ६६ हजार आठ सय ६२ पुगेकाे छ ।

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित  भएका छन् । सरकारी अधिकारीहरूले  दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा एकैदिन झन्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन एक लाख २६ हजार सात सय ८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार पाँच सय ७४ पुगेको छ ।  

पछिल्लो एक दिनमा भारतमा ६ सय ८५ जनाको काेरोना भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या  एक लाख ६६ हजार आठ सय ६२ पुगेको छ ।     

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या नौ लाख १० हजार तीन सय १९ रहेको छ । यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार सात सय ३६ जना संक्रमित भएका थिए ।     

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरूको संख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।     

 

ad
ad