१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एलन रक
२o८१ बैशाख ३१ सोमबार o९:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युएनले बालबालिकामाथि खेलबाड गर्न बन्द गर्नुपर्छ

Read Time : > 2 मिनेट
एलन रक
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१९:oo

युएनले द्वन्द्वग्रस्त क्षेत्रमा बालअधिकार उल्लंघन गर्ने सबै सरकारलाई कलंकको सूचीमा समावेश गर्नुपर्छ

विश्वभर बालबालिका युद्धबाट प्रताडित छन्– ती नियमित रूपले मारिइरहेका छन् । अपांग बनेका छन् । बालसैनिकका रूपमा भर्ती गरिएका वा कुनै दुव्र्यवहारमा परिरहेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०१९ मा यस्ता गम्भीर उल्लंघनका २५ हजारभन्दा बढी घटनाको उल्लेख गरेको छ ।

युएन महासचिव एन्टोनियो गुटेरेससँग बालबालिकाविरुद्धका गम्भीर उल्लंघनका घटनालाई अन्त्य गर्न जिम्मेवारहरूलाई दबाब दिने शक्तिशाली उपकरणहरू छन् । तर, उनी त्यो अधिकार र शक्ति प्रयोग गर्न असफल मात्र छैनन्, बालबालिकाको जीवनमाथि राजनीति हुन पनि दिइरहेका छन् ।

२० वर्षदेखि युएनको सुरक्षा परिषद्सँग द्वन्द्वग्रस्त क्षेत्रका बालबालिकालाई सुरक्षित गर्ने फ्रेमवर्क छ । युएन महासचिवले हरेक वर्ष हत्या, अंगभंग, बालभर्ती, यौनहिंसा, विद्यालयमा बमबारीलगायतका बालबालिकाविरुद्धका गम्भीर उल्लंघनका घटनाबारे युएनलाई प्रतिवेदन दिनुपर्छ । महासचिवले ती घटनाका लागि जो जिम्मेवार छन् तिनको सूची (लिस्ट अफ सेम) पनि दिनुपर्छ । कलंकको यो सूची गम्भीर उल्लंघनका दोषीलाई जिम्मेवार बनाउन निकै महत्वपूर्ण हुन्छ ।

उद्देश्यपरक भएर प्रयोग गर्दा यो सूची उल्लेखनीय रूपले प्रभावकारी उपकरण भएको पनि छ । सरकारी हुन् वा गैरराज्यपक्ष यी कलंकको सूचीमा पर्नबाट डराउँछन् । सूचीमा परिहाले उप्रान्त उल्लंघन नगर्ने विश्वसनीय पहल लिन अभिप्रेरित हुन्छन् । सन् २००६ मा मैले श्रीलंकामा बालबालिका तथा सशस्त्र द्वन्द्वबारे युएनको विशेष सल्लाहकारका रूपमा काम गरेको थिएँ । त्यहाँ मैले यस्ता दर्जनौँ हृदयविदारक परिवारलाई भेटेँ जसका बालबालिका या त तमिल टाइगर्स वा सरकार समर्थित तमिल (टिएमभिपी) र श्रीलंकाली सैन्यदस्ताले जबर्जस्ती अपहरण गरेर लगेका थिए । सन् २००६ मा टिएमभिपीलाई यो सूचीमा राखेपछि यसले युनिसेफसँग सघन वार्ता गरेर बाल अपहरण अन्त्य गर्ने कार्ययोजनामा हस्ताक्षर ग¥यो, कार्यान्वयन पनि गर्‍यो र सन् २०११ बाट त्यो सूचीबाट हट्यो ।

महासचिवको सूची बालसैन्य भर्नाजस्ता अभ्यासलाई अन्त्य गर्नमा बलियो उपकरण भएको हामीले अनुभूत गरेका छौँ । यो सूचीले थुप्रै द्वन्द्वका पक्षलाई कलंकको दाग लगाइदिएर परिवर्तन हुन बाध्य बनाएको छ । नेपालको माओवादी, फिलिपिन्सको मोरो इस्लामिक लिबरेसन फ्रन्ट र चाँद, युगान्डा गणतन्त्र कंगो र सुडानका सरकारी सेनालाई पनि महासचिवको सूचीले युद्धमा बालबालिका प्रयोग रोक्न बाध्य बनाएको थियो ।

हालैका वर्षमा, सूचीकरणका निर्णयमा राजनीति हाबी भएको छ । त्यसले बालबालिकालाई जोगाउने युएनको क्षमतालाई घटाएको छ । उदाहरणका लागि, युएनका तत्कालीन महासचिव वानकी मुनले यमनमा साउदी नेतृत्वको गठबन्धनलाई सन् २०१६ मा सूचीबाट हटाए । जबकि उक्त गठबन्धनको हवाई आक्रमणबाट त्यसको अघिल्लो वर्ष ४५० जनाभन्दा धेरै बालबालिका मारिएका र अन्य हजारौँ घाइते भएका थिए । साउदीले युएनलाई दिँदै आएको सहयोग बन्द गर्ने धम्की दिएकै कारण उसलाई सूचीबाट हटाइयो । सन् २०१७ मा पुनः महासचिव गुटेरेसले साउदी गठबन्धनलाई यो सूचीमा समावेश गरे । तर, यो गठबन्धनले दुई २२ बालबालिका मारेको अर्काे वर्ष सन् २०२० मा सूचीबाट हटाइदिए । उनले म्यानमारको सैन्यबल तत्मादअलाई पनि बालिबालिकालाई सेनामा भर्ती तथा युद्धमा प्रयोग गर्ने समूहको सूचीबाट हटाएका छन् । जबकि ऊबाट सन् २०१९ र २०२० मा सयौँ उल्लंघन दर्जका भएका थिए ।

यसले मलाई महासचिवको सूचीकरण र सूचीबाट हटाउने निर्णयको प्रणालीगत समीक्षा गर्ने बालअधिकार विज्ञहरूको अन्तर्राष्ट्रिय समूहमा संलग्न हुन उत्प्रेरित गर्‍यो । यसमा हामीले पाएका विसंगति छक्क पार्ने खालका छन् । युएन र महासचिवको सूचीमा सूचीकृत सरकारी वा विद्रोही समूहका उल्लंघनसम्बन्धी दस्तावेजहरूमा कुनै मेल छैन । हामीले थुप्रै उल्लंघनका बाबजुद सूचीमा नपारिएका दर्जनौँ केसहरू पहिचान गरेका छौँ । सूचीकरणका निर्णय संगतिपूर्ण पाइएका छैनन् । सरकारी पक्षलाई उल्लंघनका लागि छुट दिएको पनि पायौँ । एक वर्षको अवधिमा सयजनाभन्दा बढी बालबालिकाको हत्याका लागि जिम्मेवार आठमध्ये छ समूह त अफगानिस्तान, कंगो, इजरायल, नाइजेरिया र यमनका सरकारी वा त्यहाँस्थित विदेशी सैन्यबलको हात थियो । जसलाई कुनै पनि सूचीमा राखिएको थिएन । 

युद्ध क्षेत्रमा बालबालिकाको संरक्षणको विषय राजनीतिबाट मुक्त हुनुपर्छ । बालबालिकाको हित सर्वाेपरि हुनुपर्छ । महासचिव गुटेरेसले हामीले पहिचान गरेका यी विषयलाई सम्बोधन गर्नु आवश्यक छ । उनले विश्वसनीय, सटिक र प्रमाणमा आधारित रहेर आगामी वर्षको सूची प्रस्तुत गर्नुपर्छ । युएनले राजनीतिक प्रभाव होइन, द्वन्द्वरत पक्षलाई तिनको कार्य हेरेर व्यवहार गर्नुपर्छ । महासचिवको सूचीलाई युद्धमा बालबालिकाविरुद्धका गम्भीर उल्लंघन रोक्ने सशक्त उपकरणका रूपमा पुनस्र्थापित गर्ने यो नै एक मात्र उपाय हो । 

(रक युएनका बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि पूर्वविशेष दूत हुन् ।)
अलजजिराबाट

ad
ad