Skip This
भारतीय सहयोगमा आँखा अस्पताल, शीतभण्डार र विद्यालय निर्माण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ चैत २४ मंगलबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २४ मंगलबार २१:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा आँखा अस्पताल, शीतभण्डार र विद्यालय निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २४ मंगलबार २१:३५:oo

भारतीय आर्थिक सहयोगमा नेपालगन्जमा आँखा अस्पताल तथा दाङमा शीतभण्डार निर्माण सम्पन्न भएको छ भने उदयपुरमा विद्यालय भवन निर्माणका लागि सम्झौता भएको छ । भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले आठ करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई परियोजना उद्घाटन गरेका छन् । उदयपुरको गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका भारतले चार करोड २९ लाख रुपैयाँ सहयोग गर्ने सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । 

नेपालगन्जमा फत्ते बाल आँखा अस्पताल र दाङको लमही बजारमा राप्ती शीतभण्डार निर्माण सम्पन्न भएको हो । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रूपमा यी परियोजना निर्माण सम्पन्न भएको भारतीय दूतावासले जनाएको छ । ‘भारत सरकारको नेरु. चार करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अप्रेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वार्टर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ,’ दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘नेरु चार करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कुल नौ करोड ६६ लाख रुपैयाँ लागतमा ३२०० एमटी क्षमताको शीतभण्डारको निर्माण गरिएको हो ।’

भारतले नेपालका ५२ जिल्लामा चार सयवटा डायग्नोस्टिक स्क्रिनिङ एन्ड ट्रिटमेन्ट तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्न र १४ जिल्लाका ग्रामीण भेगका विद्यालयमा आँखा शिविर सञ्चालन गर्न नेपाल नेत्र ज्योति संघलाई हालसम्म भारु २० करोड ९९ लाख रुपयाँ अनुदान सहयोग उपलब्ध गराइसकेको छ । दूतावासका अनुसार भारतले संघलाई पाँचवटा गाडी र एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ । 

उदयपुरको विद्यालय भवन निर्माणसम्बन्धी सम्झौताअनुसार भारतले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत चार करोड २९ लाख रुपैयाँ सहयोग गर्नेछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रूपमा अघि बढाइने भारतीय दूतावासले जनाएको छ ।