१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
हेमन्त केसी जाजरकोट
२o८१ बैशाख ३१ सोमबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायात समितिको विषयमा विवादपछि झडप हुँदा एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४४:oo

यातायात समितिमा आबद्ध युवाहरूबीच भएको विवादका कारण झडप हुँदा एक युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका– ४ का  ३५ वर्षीय नरेश रावलको बारेकोट गाउँपालिका– २ देउलस्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ । 

नलगाड– ४ का सुजन कार्की र विकास रावल घाइते भएका छन् । जाजरकोट–डोल्पा यातायात समितिका युवाहरूबीच विवादपछि झडप भएको थियो । घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेको डिएसपी मधु थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  


 
 

ad
ad