१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका दैनिक प्रदेश १ कार्यालयका प्रबन्धक तेजकुमार काफ्लेले विराटनगर–१६ रानीका राजु क्षेत्रीलाई एक लाख रुपैयाँको चेक र भौचर हस्तान्तरण गर्दै । ललितपुर महानगरपाालिका–१६ का मदनकुमार श्रेष्ठ (बायाँ माथि)
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख ३१ सोमबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : राजु क्षेत्रीलाई एक लाख सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२७:oo

सीमाक्षेत्रका मुसहर बालबालिकालाई नि:शुल्क पढाउँदै आएका विराटनगर–१६ रानीका राजु क्षेत्रीलाई ललितपुरका एक दम्पतीले एक लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै खुट्टा नचल्ने, निर्धन परिवारका भएर पनि मुसहर बालबालिकालाई निःशुल्क पढाउने क्षेत्रीलाई ललितपुर महानगरपाालिका–१६ का मदनकुमार श्रेष्ठ र श्रीमती अहल्या श्रेष्ठले एक लाख रुपैयाँ प्रदान गरेका हुन् । 

नयाँ पत्रिका दैनिक प्रदेश नम्बर १ कार्यालयका प्रबन्धक तेजकुमार काफ्ले, कार्यालय सचिव शेखर घिमिरे, बजार सुपरभाइजर विवेक भट्टराईले विराटनगर महानगरपालिका–१६ रानीस्थित क्षेत्रीको घरमा पुगेर चेक र भौचर हस्तान्तरण गरेका थिए । क्षेत्रीले सञ्चालन गरेको बालकेन्द्रलाई अन्य दाताहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रबन्ध निर्देशक काफ्लेले बताए । 

आर्थिक सहयोग पाएपछि आफूलाई अझै सेवा गर्दै जाने हौसला प्राप्त भएको क्षेत्रीले बताए । उनले मनकारी दाताले गाँस काटेर गरेको सहयोग दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । छोराले पाएको सहयोगबाट हर्षित राजुका बाबु कृष्णबहादुर बोगटी र आमा शकुन्तलाले श्रेष्ठ दम्पतीलाई धन्यवाद दिए । क्षेत्रीको परिवार सरकारी जमिनमा बनाएको पुरानो घरमा बस्दै आएको छ । सो गाउँ हरेक वर्ष वर्षायाममा डुबानमा पर्ने गर्छ ।  

राजु क्षेत्रीको नि:शुल्क शिक्षा सेवाबारे १५ चैतमा समाचार प्रकाशित भएपछि श्रेष्ठ दम्पतीले नयाँ पत्रिकाको केन्द्रीय कार्यालयमा उनको नाममा एक लाख रुपैयाँको चेक प्रदान गरेका थिए । नयाँ पत्रिकाका प्रबन्ध निर्देशक सुसन खतिवडाले सो चेक विराटनगरमा रहेको नबिल बैंकमा रहेको क्षेत्रीको खातामा डिपोजिट गरेका थिए ।

कक्षा ५ मा पढ्दा साइकलबाट लडेर दुवै खुट्टा अपांगता भएका क्षेत्रीले पाँच वर्षदेखि तीन किलोमिटर ह्विलचेयर कुदाएर विराटनगर–१६ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको मुसहर बस्तीमा पुगेर बालबालिका पढाउँदै आएका छन् । 

याे पनि पढ्नुहाेस् : विपन्नता र अपांगताबीच मुसहर बस्तीमा निःशुल्क पढाउँदै एक युवा

ad
ad