१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानका उपकुलपति गिरीको आवासमा अख्तियारको छापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२५:oo

धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको आवासमा अख्तियार अनुसन्धान आयोग इटहरीले छापा मारेको छ । मंगलबार आयोगको टोलीले उपकुलपति प्रा.डा‍. ज्ञानेन्द्र गिरीको आवासगृहमा छापा मारेर त्यहाँको कागजपत्र नियन्त्रणमा लिएको छ । 

आवासमा उपकुलपति गिरीले प्रतिष्ठानका सम्पति दुरुपयोग गर्दै आवश्यकताभन्दा बढी विलासिताका सामान खरिद गरेको विषयमा अख्तियारमा उजुरी परेपछि आयोगले उपकुलपति गिरीलाई लिखित जवाफ मागेको थियो । 

उपकुलपतिको आवासबाट आयोगको पत्रको कुनै जवाफ नआएपछि मंगलबार टोली आफैँ पुगेर कागजपत्र नियन्त्रणमा लिइएको आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

‘उजुरीका सम्बन्धमा केही प्रमाणहरू लिन बाँकी रहेकाले टोलीलाई पठाइएको हो । आवश्यक कागजपत्र र प्रमाणहरू नियन्त्रणमा लिएका छाैँ,’ प्रमुख पौडेलले भने ।

उपकुलपति गिरीले विनाटेन्डर सामान खरिद, व्यापारीहरूको साँठगाँठमा आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । सो विषयमा धेरैवटा मुद्दा अख्तियारमा परेको आयोगले जनाएको छ । 
 

ad
ad