१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
दिपेश शाही काठमाडाैं
Invalid date format १o:१o:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा एसियन मूलका नागरिकमाथि बढ्दो दुर्व्यवहार

Read Time : > 7 मिनेट
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

एसियन मूलका अमेरिकी नागरिकमाथि ‘जेनोफोबिया’ फैलाउन सबैभन्दा बढी ट्रम्पको भूमिका थियो, उनको अभिव्यक्तिपछि घृणा फैलाउने ट्विट ८५ प्रतिशत बढेको थियो

अमेरिकी राज्य जर्जियाको राजधानी एट्लान्टाका तीनवटा मसाज पार्लरमा अघिल्लो मंगलबार भएका छुट्टाछुट्टै बन्दुक आक्रमणबाट आठजनाको ज्यान गयो । एक घन्टाको फरकमा भएका ती आक्रमणबाट ज्यान गएका आठमध्ये ६ जना एसियन मूलका महिला थिए । घटनाको दोस्रो दिन एट्लान्टा प्रहरीले रोबर्ट आरोन लंग नामका २१ वर्षीय युवालाई आरोपमा पक्राउ गर्‍यो । प्रहरीले रोबर्टलाई ‘यौन दुव्र्यसन’को समस्या रहेको र त्यसैको ‘प्रतिशोध’मा आक्रमण गरेको हुन सक्ने बतायो । तर, ‘एसियन अमेरिकन तथा प्यासिफिक आइसल्यान्डर’ (एएपिआई) समुदायले भने यसलाई सहजै स्वीकार गरेन । रगंविभेदी मानसिकताका कारण रोबर्टले एसियन मूलका मान्छेलाई आक्रमण गरेको दाबी एएपिआई अभियानको छ ।

कोरोना महामारीपछि अमेरिकामा एसियन मूलका अमेरिकीहरूमाथि भइरहेको आक्रमण झन् बढेको भन्दै एएपिआईले पछिल्लो घटनापछि सामाजिक सञ्जालमा ‘स्टप एसियन हेट’ अभियानलाई तीव्रता दिएको छ । यसको विरोधमा एट्लान्टालगायत अमेरिकाका विभिन्न सहरमा एसियन अमेरिकी नागरिकहरू प्रदर्शनमा उत्रिरहेका छन् । ‘घृणा भनेको भाइरस हो’, ‘एसियनलाई घृणा गर्न बन्द गर’ र ‘म तिम्रो आधुनिक अल्पसंख्यक होइन’ जस्ता नारा लेखिएका पर्चा बोकेर हरेक दिन सयौँ एसियन अमेरिकी नागरिक आन्दोलनमा छन् ।

अमेरिकामा एसियन मूलका अमेरिकीहरूमाथि भएको यो सबैभन्दा पछिल्लो ठूलो हिंसा हो । एसियन अमेरिकनमाथि भइरहेको विभेदबारे अध्ययन गरिरहेको एएपिआईले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको मार्च महिनायतादेखि गत फेब्रुअरीसम्म मात्रै अमेरिकामा यो प्रकृतिका ३८ सय घटना प्रहरीमा दर्ता भएका छन् । मौखिक दुर्व्यवहार, भौतिक आक्रमण, गम्भीर मानवअधिकार उल्लंघनदेखि व्यक्तिहत्यासम्मका घटना अमेरिकामा दिनहुँ बढ्दै गइरहेका रिपोर्ट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । त्यसअघि महामारीको समयमा जापानी, चिनियाँ र भारतीय मूलका व्यापारी, बालबच्चा र महिलामाथि व्यापक दुव्र्यवहार भएको थियो । त्यसको विरोधमा अमेरिकामा रहेर काम गरिरहेका तीनवटा एसियाली संस्थाले एएपिआई अभियान सुरु गरेका थिए । 

‘एसियन प्यासिफिक प्लानिङ एन्ड पोलिसी’, ‘चाइनिज अफर्मेटिभ एक्सन’ र ‘एसियन अमेरिकन स्टडिज डिपार्टमेन्ट अफ सानफ्रान्सिस्को स्टेट युनिभर्सिटी’को संयुक्त पहलमा हिंसा रिपोर्ट संकलनका लागि एएपिआई अभियान सुरु भएको थियो, जुन पछि आएर त्यहाँ भइरहेका गम्भीर मानवअधिकार उल्लंघनका घटनाविरुद्ध पीडितको पक्षमा बोल्ने बलियो माध्यम बनेको छ । सुरुमा सामाजिक सञ्जालमा ‘स्टप हेट एसियन’ अभियान पनि यसैले सञ्चालन गरेको थियो, जसमा अहिले नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङलगायत पनि सहभागी छन् । 

कोभिड–१९ महामारी जब विश्वभर फैलियो, त्यसले सबैभन्दा धनी र शक्तिशाली भनिएका मुलुकलाई समेत अस्तव्यस्त पार्‍यो । लामो समय ‘लकडाउन’ गर्नुपरेपछि के साना, के ठूला अधिकांश मुलुकको अर्थतन्त्र महामारीको चपेटामा पर्‍यो । त्यसको सीधा असर विशेष गरी रोजगार र उत्पादन क्षेत्रमा पर्न गयो । यसका कारण मानिसमा विभिन्न खालका मानसिक समस्या बढेको र त्यसमध्येको एउटा सबैभन्दा खतरनाक समस्या जेनोफोबिया (विदेशी मूलका मान्छेमाथिको घृणा) हो भन्ने अध्ययनहरूले देखाएका छन् । त्यसबाट अमेरिका पनि अछुतो रहेन । जब अमेरिकामा महामारी फैलियो, तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदलाई प्रवर्द्धन गरे । उनले यो गरे, किनकि उनी यस्तै एजेन्डाकै भरमा अमेरिकामा एक कार्यकाल राष्ट्रपति बन्न सफल भएका थिए ।  

अमेरिकामा यसै पनि हरेक वर्ष अश्वेतमाथि हुने ‘वर्णविभेद’को शृंखला लामो छ । अन्तर्राष्ट्रिय अध्ययन संस्था स्टाटिस्टाका अनुसार अमेरिकामा अश्वेत भएका कारण मात्रै प्रहरीको गोलीबाट हरेक महिना मारिनेको संख्या मात्रै करिब एक हजारको हाराहारीमा हुन्छ । त्यसमाथि, जब महामारी फैलियो, अन्धराष्ट्रवादी विचारधारा प्रवद्र्धन गर्दै आएका ट्रम्पले आप्रवासीहरूका कारण अमेरिकी नागरिकले अवसर गुमाइरहेको भनेर गरेको प्रचार बढाए । त्यहीवेला अमेरिकामा २०२० को राष्ट्रपतीय चुनावको समय चलिरहेको थियो । उनले यसलाई चुनावी एजेन्डासमेत बनाएर प्रचार गरे । जसले गर्दा अमेरिकाका मूलवासी नागरिकमा आप्रवासी नागरिकमाथि घृणा बढ्यो । ट्रम्पले त राष्ट्रपति चुनाव हारे, तर त्यसको सबैभन्दा ठूलो सिकार एसियन मूलका अमेरिकी नागरिक बन्न पुगे । 

एसियन मुलुका अमेरिकी नागरिकमाथि ‘जेनोफोबिया’ फैलाउन सबैभन्दा बढी राष्ट्रपति ट्रम्पको भूमिका रहेको विश्लेषण अमेरिकी सञ्चारमाध्यमहरूले नै गरेका छन् । अमेरिकामा जारी ‘स्टप एसियन हेट’ अभियानको सन्दर्भमा सामग्रीहरू प्रकाशन गरेका अधिकांश अमेरिकी सञ्चारमाध्यमले कोरोना महामारी सुरु भएपछि ट्रम्पले कसरी एसियन मूलका मानिसमाथि घृणा फैलाउने अभियान चलाए भन्ने रिपोर्टिङ गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट फैलिन सुरु भएको कोरोना भाइरसको महामारी जब अमेरिकासम्म पुग्यो, तत्कालीन राष्ट्रपति ट्रम्पले त्यसलाई ‘चाइनिज भाइरस’ र ‘कुङ फ्लु’ भनेर नामकरण गरिदिए । त्यसपछि अमेरिकामा रहेका ट्रम्पसमर्थित सञ्चारमाध्यम र उनका समर्थकले त्यसलाई व्यापक रूपमा प्रचार मात्रै गरेनन्, एसियन मूलका नागरिक र वृद्ध उमेरका महिलाहरूमाथि उत्पीडन र दुर्व्यवहार गरे । क्यानडाबाट प्रकाशित फेसन र कल्चरसम्बन्धी म्यागजिन ‘फ्लेर’को अनलाइन संस्करणले ट्रम्पको उक्त अभिव्यक्तिले पश्चिमा समाजमा एसियन समुदायप्रति घृणा फैलाएको दाबी गरेको छ । घृणाविरुद्ध काम गरिरहेको अमेरिकी संस्था ‘एन्टी–डिफामेसन लिग’का अनुसार ‘ट्रम्पले दिएको अभिव्यक्तिपछि एसियन अमेरिकन नागरिकमाथि ट्विटरमा घृणा फैलाउने ट्विट ८५ प्रतिशत बढेको थियो ।’ 

सान फ्रान्सिस्को युनिभर्सिटीका प्राध्यापक तथा एएपिआई अभियानका संस्थापक रुसेल ज्योङले स्त्रीद्वेषी चिन्तन र जातिवादी संकीर्णताका कारण हिंसाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एसियाका र एसियाली मूलका महिलाहरूको नरम स्वभावका कारण पीडकले उनीहरूलाई सहजै लक्षित गरेर आक्रमण भइरहेको विश्लेषण गरेका छन् । 

दुर्व्यवहार भोग्नेमा सबैभन्दा बढी चिनियाँ मूलका नागरिक रहेको रिपोर्ट छ । प्रतिवेदनका अनुसार पीडितमध्ये चिनियाँ ४२.२ प्रतिशत, कोरियन १४.८ प्रतिशत, भियतनामी ८.५ प्रतिशत र फिलिपिनोज ७.९ प्रतिशत छन् । एएपिआईका अनुसार महिला र त्यसमा पनि वृद्ध उमेरका महिलामाथि बढी आक्रमण भइरहेको छ ।

महामारीका कारण जारी ‘लकडाउन’मा धेरै पीडितले यसको तत्कालै प्रतिवाद गर्न सकेनन् । घटनाहरू उत्पीडन र दुर्व्यवहारमा नै सीमित रहुन्जेल प्रहरीलाई रिपोर्ट गर्नेसम्म गरिरहेका थिए । जब उत्पीडन र दुर्व्यवहार व्यक्तिहत्यासम्म पुग्यो, त्यसपछि मानिसहरू विरोधमा उत्रन थाले । जर्जियामा टेक्नोलोजी अध्ययन गरिरहेका चीनका २४ वर्षीय बर्नाड दोङले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई प्रतिक्रिया दिने क्रममा भनेका छन्, ‘लामो समयसम्म एसियन मानिसहरू धेरै शान्त रहे, सहे । तर, समय बदलियो, मानिसमा आक्रोश र असन्तुष्टि भरियो । अनि विद्रोह सुरु भयो ।’ दोङजस्तै सयौँ युवा एट्लान्टा, न्युयोर्क, क्यालिफोर्नियालगायत राज्य र सहरहरूमा ‘स्टप एसियन हेट’ प्रदर्शनमा हरेक दिन सहभागी भइरहेका छन् ।

एसियन अमेरिकी नागरिकमाथि विभेदका घटना बढ्ने क्रम नरोकिएपछि राष्ट्रपति जो बाइडेन शुक्रबार एट्लान्टा पुगे, उनले आन्दोलनरत समुदायका अगुवालाई भेटेर सहानुभूति प्रकट गरेका छन् । ‘धेरै एसियन अमेरिकीहरू आफ्नो र आफन्तको सुरक्षाका लागि एकाबिहानै ब्युँझेर सडकमा आउनुपरेको छ । यो दु:खद हो,’ बाइडेनले भनेका छन् । पीडित एसियन अमेरिकी समुदायका अगुवाहरूले आफूमाथि भइरहेका दुर्व्यवहारबारे बाइडेनलाई जानकारी गराएका छन् । अहिलेसम्म राष्ट्रपति बाइडेनले यसविरुद्ध कुनै खास कदम चालेका छैनन् । प्रहरी प्रशासनले भने गत १६ मार्चमा भएको बन्दुक आक्रमण र त्यसअघिका विभिन्न घटनामा पक्राउ परेका व्यक्तिलाई रंगभेद होइन, ‘हत्या अपराध’को मुद्दामा छानबिन गरिरहेको छ । प्रहरी अधिकारीहरूले अहिले नै हत्याको उद्देश्यबारे निष्कर्षमा पुग्नु हतार हुने बताइरहेका छन् । 

कोरोना महामारी सुरु भएपछि गत वर्षको मार्चयता मात्रै अमेरिकामा ३८ सय यस्ता घटना भएको एएपिआई अभियानको दाबी छ । एएपिआई अभियानले एक रिपोर्ट सार्वजनिक गर्दै यस्ता घटनामा पीडित हुने सबैभन्दा बढी महिला रहेको देखाएको छ । गत साता सार्वजनिक रिपोर्टका अनुसार सन् २०२० को मार्चदेखि डिसेम्बर अन्तिमसम्म मात्रै दुर्व्यवहारका २६ सय घटना भएका थिए । त्यसमा ६८ प्रतिशत महिला छन् भने २९ प्रतिशत पुरुष रहेको एएपिआईले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी अल्पसंख्यक लैंगिक समुदायका मानिससमेत छन् । त्यसमा कतिपयले न्यायिक उपचार पाउन झन्झट हुने र पछि सोही स्थानमा बसिरहन अप्ठेरो हुने ठानेर प्रहरीलाई रिपोर्ट नै गर्दैनन् ।  यो वर्षको जनवरी र फेब्रुअरीमा मात्रै पाँच सय तीन घटना प्रहरीमा दर्ता भएका छन् । जसमध्ये मौखिक दुर्व्यवहारका ६८.१ प्रतिशत, सामान्य दुव्र्यवहारका २०.५ प्रतिशत र भौतिक आक्रमणका ११.१ प्रतिशत घटना छन् । यसमध्ये एकतिहाइभन्दा बढी दुर्व्यवहार व्यापारिक क्षेत्रमा र एकचौथाइभन्दा बढी दुर्व्यवहार सार्वजनिक स्थान र सडकमा हुने गरेका छन् । रिपोर्टका अनुसार सबैभन्दा बढी व्यापारिक क्षेत्रमा ३५.४ प्रतिशत, सार्वजनिक सडकमा २५.३ प्रतिशत, सार्वजनिक पार्कहरूमा ९.८ प्रतिशत तथा अलनाइन अकाउन्टहरूमार्फत १०.८ प्रतिशत यस्ता घटना भएका छन् ।

यस्तो दुर्व्यवहार भोग्नेमा सबैभन्दा बढी चिनियाँ मूलका नागरिक रहेको रिपोर्ट छ । प्रतिवेदनका अनुसार पीडितमध्ये चिनियाँ ४२.२ प्रतिशत, कोरियन १४.८ प्रतिशत, भियतनामी ८.५ प्रतिशत र फिलिपिनोज ७.९ प्रतिशत छन् । एएपिआईका अनुसार महिला र त्यसमा पनि वृद्ध उमेरका महिलामाथि बढी आक्रमण भइरहेको छ । सार्वजनिक रिपोर्टका अनुसार महिलामाथि हुने सबैभन्दा बढी घटना यौन दुर्व्यवहारजन्य छन् । अधिकांश घटनामा महिलाको शरीरमा लाइटर सल्काउने, कुटपिट गर्ने र तत्काल अमेरिका छोड्न चेतावनी दिने गरिएको छ । वृद्ध उमेरका महिलाहरू राम्रोसँग अंग्रेजी भाषा बोल्न नसक्ने र आफूमाथि भएको दुव्र्यवहारबारे सार्वजनिक रूपमा लड्न नसक्ने भएको हुँदा उनीहरू बढी पीडित भइरहेको अभियन्ताहरूको भनाइ छ । न्युयोर्क सहरमा बस्ने तीनमध्ये एक वृद्ध महिलाले यस्ता दुव्र्यवहारको सिकार हुनुपरेको रिपोर्टमा उल्लेख छ ।

महिलाले पहिलेदेखि नै दुव्र्यवहार र उत्पीडन सहनुपरेको र महामारीले एसियाली महिलामाथि आक्रमण गर्न थप बहाना दिएको बताउँछन् सानफ्रान्सिस्को युनिभर्सिटीका प्राध्यापक तथा एएपिआई अभियानका संस्थापक रुसेल ज्योङ । ‘हामीले सुरुदेखि नै यो विषयलाई नजिकबाट नियालिरहेका थियौँ । पहिलेदेखि नै महिलामाथिको आक्रमण बढ्दो क्रममा थियो । तर, महामारीपछि वृद्ध र युवाहरूमाथि पनि तीव्र रूपमा आक्रमण भइरहेको छ,’ उनको भनाइ छ । 

त्यस्तै, क्यानडामा पनि एसियनविरोधी ‘जेनोफाबिया’का घटना तीव्र रूपमा बढिरहेको तथ्य सार्वजनिक भएका छन् । ‘फ्लेर’ म्यागजिनका अनुसार १७ मार्च २०२० पछि हालसम्म क्यानडामा एसियनविरोधी ‘जेनोफोबिया’का ९३१ घटना सार्वजनिक भएका छन् । तथ्यांकअनुसार अघिल्लो वर्ष भ्यानकुवर सहरमा मात्रै भएका घृणाजन्य अपराधका ९७ प्रतिशत घटनामध्ये ७१ प्रतिशत घटनाका पीडित एसियन थिए । त्यस्तै, वत्तवा सहरमा ५७ प्रतिशत मोन्टरियलमा ३० प्रतिशत घटना एसियालीमाथि भएका थिए । जबकि मेन्टरियलमा सन् २०१९ मा ६ वटा मात्रै यस्तो घटना प्रहरीमा दर्ता भएका थिए । एसियनविरोधी दुर्व्यवहारका घटना अमेरिकाभन्दा क्यानडामा बढी हुने गरेको ‘फ्लेर’को दाबी छ ।

एक वर्षमा ३८ सय घटना, मूल निसानामा महिला 

कोरोना महामारी सुरु भएपछि गत वर्षको मार्चयता मात्रै अमेरिकामा ३८ सय यस्ता घटना भएको एएपिआई अभियानको दाबी छ । एएपिआई अभियानले एक रिपोर्ट सार्वजनिक गर्दै यस्ता घटनामा पीडित हुने सबैभन्दा बढी महिला रहेको देखाएको छ । गत साता सार्वजनिक रिपोर्टका अनुसार सन् २०२० को मार्चदेखि डिसेम्बर अन्तिमसम्म मात्रै दुर्व्यवहारका २६ सय घटना भएका थिए । त्यसमा ६८ प्रतिशत महिला छन् भने २९ प्रतिशत पुरुष रहेको एएपिआईले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी अल्पसंख्यक लैंगिक समुदायका मानिससमेत छन् । त्यसमा कतिपयले न्यायिक उपचार पाउन झन्झट हुने र पछि सोही स्थानमा बसिरहन अप्ठेरो हुने ठानेर प्रहरीलाई रिपोर्ट नै गर्दैनन् । 

यो वर्षको जनवरी र फेब्रुअरीमा मात्रै पाँच सय तीन घटना प्रहरीमा दर्ता भएका छन् । जसमध्ये मौखिक दुर्व्यवहारका ६८ दशमलव १ प्रतिशत, सामान्य दुर्व्यवहारका २० दशमलव ५ प्रतिशत र भौतिक आक्रमणका ११ दशमलव १ प्रतिशत घटना छन् । यसमध्ये एकतिहाइभन्दा बढी दुर्व्यवहार व्यापारिक क्षेत्रमा र एकचौथाइभन्दा बढी दुर्व्यवहार सार्वजनिक स्थान र सडकमा हुने गरेका छन् । रिपोर्टका अनुसार सबैभन्दा बढी व्यापारिक क्षेत्रमा ३५ दशमलव ४ प्रतिशत, सार्वजनिक सडकमा २५ दशमलव ३ प्रतिशत, सार्वजनिक पार्कहरूमा ९ दशमलव ८ प्रतिशत तथा अलनाइन अकाउन्टहरूमार्फत १० दशमलव ८ प्रतिशत यस्ता घटना भएका छन् ।

यस्तो दुर्व्यवहार भोग्नेमा सबैभन्दा बढी चिनियाँ मूलका नागरिक रहेको रिपोर्ट छ । रिपोर्टका अनुसार पीडितमध्ये चिनियाँ ४२ दशमलव २ प्रतिशत, कोरियन १४ दशमलव ८ प्रतिशत, भियतनामी ८ दशमलव ५ प्रतिशत र फिलिपिनोज ७ दशमलव ९ प्रतिशत छन् । एएपिआईका अनुसार महिला र त्यसमा पनि वृद्ध उमेरका महिलामाथि बढी आक्रमण भइरहेको छ । सार्वजनिक रिपोर्टका अनुसार महिलामाथि हुने सबैभन्दा बढी घटना यौन दुर्व्यवहारजन्य छन् । अधिकांश घटनामा महिलाको शरीरमा लाइटर सल्काउने, कुटपिट गर्ने र तत्काल अमेरिका छोड्न चेतावनी दिने गरिएको छ । वृद्ध उमेरका महिलाहरू राम्रोसँग अंग्रेजी भाषा बोल्न नसक्ने र आफूमाथि भएको दुर्व्यवहारबारे सार्वजनिक रूपमा लड्न नसक्ने भएको हुँदा उनीहरू बढी पीडित भइरहेको अभियन्ताहरूको भनाइ छ । न्युयोर्क सहरमा बस्ने तीनमध्ये एक वृद्ध महिलाले यस्ता दुव्र्यवहारको सिकार हुनुपरेको रिपोर्टमा उल्लेख छ ।

महिलाले पहिलेदेखि नै दुर्व्यवहार र उत्पीडन सहनुपरेको र महामारीले एसियाली महिलामाथि आक्रमण गर्न थप बहाना दिएको बताउँछन् सानफ्रान्सिस्को युनिभर्सिटीका प्राध्यापक तथा एएपिआई अभियानका संस्थापक रुसेल ज्योङ । ‘हामीले सुरुदेखि नै यो विषयलाई नजिकबाट नियालिरहेका थियौँ । पहिलेदेखि नै महिलामाथिको आक्रमण बढ्दो क्रममा थियो । तर, महामारीपछि वृद्ध र युवाहरूमाथि पनि तीव्र रूपमा आक्रमण भइरहेको छ,’ उनको भनाइ छ । 

त्यस्तै, क्यानडामा पनि एसियनविरोधी ‘जेनोफाबिया’का घटना तीव्र रूपमा बढिरहेको तथ्य सार्वजनिक भएका छन् । ‘फ्लेर’ म्यागजिनका अनुसार १७ मार्च २०२० पछि हालसम्म क्यानडामा एसियनविरोधी ‘जेनोफोबिया’का ९३१ घटना सार्वजनिक भएका छन् । तथ्यांकअनुसार अघिल्लो वर्ष भ्यानकुवर सहरमा मात्रै भएका घृणाजन्य अपराधका ९७ प्रतिशत घटनामध्ये ७१ प्रतिशत घटनाका पीडित एसियन थिए । त्यस्तै, वत्तवा सहरमा ५७ प्रतिशत मोन्टरियलमा ३० प्रतिशत घटना एसियालीमाथि भएका थिए । जबकि मेन्टरियलमा सन् २०१९ मा ६ वटा मात्रै यस्तो घटना प्रहरीमा दर्ता भएका थिए । एसियनविरोधी दुर्व्यवहारका घटना अमेरिकाभन्दा क्यानडामा बढी हुने गरेको ‘फ्लेर’को दाबी छ ।

(एजेन्सीहरूको सहयोगमा)