१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनमत सम्मानको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:४६:oo

जनमत वाङ्मय प्रतिष्ठानले ‘जनमत सम्मान’ पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको र यस वर्ष नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालद्वारा जारी विज्ञप्तिअनुसार ०७५ को दीपा–जनमत सम्मान विकिरण निर्जीव (चितवन)लाई, गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान राजा शाक्य (काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान शेषराज सिवाकोटी (दोलखा)लाई, जनमत–जनक प्रधान सेवा सम्मान–टङ्क उप्रेती (झापा)लाई प्रदान गर्ने घोषणा गरेको छ । 

यसैगरी केवलपुरे–जनमत सम्मान भागिरथी श्रेष्ठ (गुल्मी)लाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान ठाकुरप्रसाद मैनाली (काभ्रे)लाई, कमला सैंजू–जनमत सम्मान रीता ताम्राकार (सुनसरी)लाई, जनमत–राजभाइ सहयात्री सम्मान सोमकाजी शाक्य(काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान–लक्ष्मी भट्टराई (काठमाडौं)लाई प्रदान गरिनेछ । जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान–यशु श्रेष्ठ (रौतहट)लाई, जनमत–सिचिधर्म/संस्कृति सम्मान–मुकुन्दप्रसाद उपाध्याय (सिन्धुली) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान–रामबहादुर पहाडी (पाल्पा)लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान–डा. राजेन्द्र कोँजू (काभ्रे)लाई प्रदान गरिने भएको छ । 

०७६ सालको दीपा–जनमत सम्मान ठाकुर बेलवासे (अर्घाखाँची)लाई, गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान सुरेश किरण (काठमाडौं)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान हरिराम जोशी (ललितपुर)लाई, जनमत–जनक प्रधान सेवा सम्मान–नवराज पहाडी (सिन्धुली)लाई प्रदान गरिनेछ । 

यसैगरी केवलपुरे–जनमत सम्मान प्रा.डा. उषा ठाकुर (काठमाडौं)लाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान सरोजा खड्गी (झापा)लाई, कमला सैंजू–जनमत सम्मान सुलोचना मानन्धर धिताल (काठमाडौं)लाई, जनमत–राजभाइ सहयात्री सम्मान रीता पहारी (कास्की)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान–सावित्री श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिनेछ ।

जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान–छायादत्त न्यौपाने बगर (पर्वत)लाई, जनमत–सिचिधर्म÷संस्कृति सम्मान–प्रा.डा. रमेशचन्द्र अधिकारी (धादिङ)लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान–डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ)लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान– डा. सुमनराज ताम्राकार (काभ्रे)लाई प्रदान गरिने भएको छ । जनमत प्रकाशनको ३७औँ वार्षिकोत्सवका अवसरमा २८ चैत ०७७ मा बनेपामा आयोजना हुने कार्यक्रममा सम्मान प्रदान गरिनेछन् ।

ad
ad