१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o४:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । 

खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वाभाविक भए पनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरेकी छिन् । 

अग्रपंक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै खाेप लगाउने आफ्नो सोच हुँदाहुँदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको उनले जानकारी दिइन् । राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जाँदै छिन् ।

ad
ad