१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फर्निचर उद्योगमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:३६:oo

धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो ।

मध्याह्न १२ बजेबाट सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आएको छैन । उद्योगभित्र रहेका फर्निचरका सबै सामान जलेर नष्ट भएका छन् । आगलागी भएको स्थाननजिकै नेपाल आयल निगमको डिपो रहेको छ । आगलागी भएको फर्निचर उद्योगको छेउमै सिपी अस्पताल छ ।
धनगढी उपमहानगरपालिका र अत्तरिया नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट कति क्षति भयो भन्ने यकिन भएको छैन । ठूलो सोरुम र उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयले आगलागी के कति कारणले भयो खुल्न सकेको छैन ।

ad
ad