१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विदुर पौडेल सिन्धुली
२o८१ जेठ १ मंगलबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीले गरे सुनकोसी–मरिण डाइभर्सनको शिलान्यास

Read Time : > 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४९:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास गरेका छन् । तराईका पाँच जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धुनषाको १ लाख ८३ हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ आयोजनाको शिलान्यास भएको हो ।

आयोजना निर्माण सम्पन्न भएपछि प्रदेश नम्बर २ का पाँच जिल्लामा बाह्रै महिना सिँचाइ पुग्नुका साथै ३१ मेगावाटको विद्युत् उत्पादन गर्ने मुख्य लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए । सिँचाइ सुविधा पुगेपछि पाँच जिल्लामा उत्पादन भएको अन्नबालीले पूरै नेपाललाई नै खाद्यान्न पुग्ने गरी उत्पादन हुने र निर्यात गर्न सक्ने अवस्थामा पुग्ने उनले बताए । 

आयोजनाबाट सुनकोसी नदीको पानी मरिण खोलामा ६७ हजार लिटर प्रतिसेकेन्डका दरले झर्नेछ । यो पानी मरिण हुँदै बागमती नदीमा मिसिने र यसबाट नहरको व्यवस्थापन गरी सिँचाइ सुविधा पुग्नेछ । आयोजनाबाट तराईमा अहिले देखिएको सुक्खापन रसिलोपनमा रूपान्तरण हुने उनको भनाइ थियो । 

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई–मधेसमा यो खबर पुर्‍याउन अनुरोध गर्दै भने, ‘मलाई तराई–मधेसमा पस्न नदिए हुन्छ । तर, पानीचाहिँ नरोक्नुहोला ।’ त्यस्तै, डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गरिने उनले बताए । ‘मलाई तराई छिर्न हतारो छैन । सुनकोसी–कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिघा थप सिँचाइ भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन । जनताले आफैँ गेट बनाउँछन्,’ उनले भने ।   

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतलगायतले सम्बोधन गरेका थिए । यो आयोजनामा सिन्धुलीको खुर्कोटदेखि २ किलोमिटरमाथि सुनकोसी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेन्डिङ बेसिन र १३.३ किमि लामो सुरुङ निर्माण हुनेछ ।

यसबाट ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन विस्तार गरी सर्लाहीको नवलपुरमा रहेको विद्युत् सबस्टेसनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यो राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष ०७७/७८ मा सुरु गरी आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

ad
ad