मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलको समस्या सधैँका लागि अन्त्य भयो : कृषिमन्त्री अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १४:०३:००

कृषि तथा पशुपक्षीमन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँका लागि अन्त्य भएको बताएकी छिन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँका लागि अन्त्य भएको बताएकी हुन् । 

आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन रूपमा समस्याको समाधानको रूपमा गरिएको व्यवस्थापन, मध्यकालीन समाधानका रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न थालेपछि मलको समस्या हटेको उनको दाबी छ । 

मन्त्रालयले दीर्घकालीन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरी काम अगाडि बढाएको उनले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि उनले बताइन् । 

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा तीन लाख मेट्रिकटन मल आपूर्र्तिको प्रक्रिया यही महिनाबाट सुरु गरिने उनले जानकारी दिइन् ।