१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मीना बुढाथोकी सल्यान
२o८१ बैशाख ३१ सोमबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बेसारखेतीबाट गाउँमा १५ करोड भित्रियो, ३ करोडको भारत निर्यात

सल्यानको कालिमाटी गाउँपालिकामा २ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा उन्नतजातको बेसारखेती

Read Time : < 1 मिनेट
मीना बुढाथोकी सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख ३१ सोमबार o९:२१:oo

आकर्षक आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिका काल्चे घुरचौरका ६० परिवारले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । स्थानीयले २ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा उन्नतजातको बेसारखेती गरेर गाउँमा वार्षिक १५ करोड भित्र्याउने बेसार उत्पादन समूहका अध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।

राम्रो आम्दानी, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसारखेती गर्नेहरू बढिरहेको उनको भनाइ छ । स्थानीय बजारमै १ सय ५० देखि २ सयसम्म प्रतिकिलोमा बेसार बिक्री भएकाले पनि बेसारखेतीमा आकर्षित भएको उनले बताए । उनी भन्छन् ‘आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारत जाने गरेका थिए । बेसारखेतीमा लागेपछि घरमै रोजगारी मिलेको छ ।’

अन्नबालीभन्दा राम्रो कमाइ हुन थालेपछि दुई रोपनी जग्गामा बेसारखेती गर्न थालेको स्थानीय शेरबहादुर ओलीले बताए । उनले अहिले बेसारखेती विस्तार गर्ने योजना बनाउनुका साथै भारतका विभिन्न ठाउँमा पठाउनसमेत थालेका छन् । बेसार उत्पादन समूहका अध्यक्ष खड्काका अनुसार यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ ।

अदुवा–बेसार अनुसन्धान केन्द्रका सूचना अधिकारी खेमराज शर्माले अहिले नेपालमै पहिलोपटक सिफारिस भएको एक मात्र उन्नतजातको कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको बीउसमेत अन्तरजिल्लामा माग बढेको छ । जिल्लामा उत्पादित उन्नतजातको बीउ मागअनुसारको पुर्‍याउन नसकेको उनले बताए । काठमाडाैं, धनकुटा, बर्दिया, कन्चनपुरलगायतका ठाउँबाट अत्यधिक मात्रामा बीउको माग भएको छ ।

कृषि विकास कार्यालय सल्यानले अदुवाजस्तै जिल्लाको बेसारले पनि ख्याति पाउन थालेको जनाएको छ । जिल्लामा उत्पादित बेसारले आर्थिक वर्ष ०७७/०७८ मा २ करोड ७० लाखबरारबरको बेसार निर्यात भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । कार्यालयले बेसारखेती गर्ने किसानलाई विभिन्न सहयोग उपलब्ध गराइरहेको उनको भनाइ छ ।

ad
ad