मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ३० बिहीबार
  • Thursday, 13 May, 2021
टेकराज थामी काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार ०८:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कंगो शान्ति मिसनमा दुई सय ५० नेपाली सुरक्षाकर्मी थपिँदै

खटिने ठाउँको रेकी गर्न नेपाली सेनाका उपरथी कंगो जाँदै

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार ०८:४२:००

संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ खटिने नेपाली सुरक्षाकर्मीको संख्या थप हुने भएको छ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक कंगोमा नेपाली सेनाका दुई सय ५० सुरक्षाकर्मी थप पठाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि शान्ति मिसनमा खटिने नेपाली सुरक्षाकर्मीको संख्या थप हुने भएको हो । सोही दिन सैनिक कर्मचारी खटिई जाने ठाउँको रेकी गर्न सेनाका उपरथी प्रेम शाहीलाई पठाउने निर्णयसमेत भएको छ । 

बैठकको निर्णयमा भनिएको छ, ‘मनुस्को (युनाइटेड नेसन अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगो) मिसन, कंगोमा क्विक रियाक्सन फोर्स (क्विआरएफ) कम्पनी २५० नफ्री तैनाथ गराउनुपूर्व रेकी गर्ने कार्यका लागि सहभागी गराउन नेपाली सेनाका उपरथी प्रेम शाहीको मनोनयन स्वीकृत गर्ने निर्णय गरिएको छ ।’

मिसन खटिनुअघि सेनाका उक्त टोलीले कडा मानिएको असिस्टेन्ट एडभाइजरी भिजिट(एएभी), मेमोरेन्डम अफ अन्डस्र्ट्याडिङ (एमओयू), र्‍यापिड डेभलपमेन्ट लेभल (आरडिएल)लगायतका चार चरणको तालिम पूरा गरिसकेका छन् । तालिमका यी सबै चरण संयुक्त राष्ट्र संघसँग सम्झौता भएअनुसार छन् ।

सेनाले यसका लागि गत वर्ष नै संयुक्त राष्ट्र संघसँग सम्झौता गरेका थियो । जसअनुसार नेपालबाट प्रत्येक वर्ष १० हजारको संख्यामा नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटाउन सकिने भनिएको छ । सोहीअनुसार खटाउन सेनाले आन्तरिक तयारी तीव्र पारेकोे छ । जसअन्तर्गत सेनाले पहिलो चरणका लागि एक हजार पाँच सय ३० सैनिकलाई तयार गर्दै छ । तयार गरिएकामध्ये इन्फेन्ट्री बटालियन आठ सय ५०, फोर्स प्रोटेक्सन कम्पनी एक सय ६०, मिलिटरी पुलिस कम्पनी एक सय २०, क्विक रेस्पोन्स फोर्स कम्पनी दुई सय ५० र स्पेसल फोर्स कम्पनी १५० सैनिक छन् । 

जसमध्ये क्विक रेस्पोन्स फोर्स कम्पनीका दुई सय ५० सैनिकले लेभ फोर पास गरिसकेका छन् । उनीहरू अबको दुई महिनाभित्र मिसनमा जानेछन् । त्यस्तै, इन्फेन्ट्री बटालियन, फोर्स प्रोटेक्सन कम्पनी र मिलिट्री प्रोटेक्सन कम्पनीका सैनिकले भने लेभ थ्री पार गरिसकेका छन् । बाँकी सैनिकलाई पनि सोही तवरले तयार गर्दै लैजाने सेनाको योजना छ । 

मन्त्रिपरिषद्को निर्णयपछि शान्ति मिसनमा खटिने नेपाली सुुरक्षाकर्मीको संख्या पाँच हजार तीन सय ७८ पुग्नेछन् । अहिले मिसनमा पाँच हजार एक सय २८ नेपाली सुरक्षाकर्मी द्वन्द्वग्रस्त विभिन्न १२ मुलुकमा खटिएका छन् । कंगोमा अहिले पनि नेपाली सेनाका आठ सय ९७ सुरक्षाकर्मी खटिँदै आएका छन् । खटिएकामध्ये स्टाफ अफिसरको संख्या नौ छ । १२ जना मिलिट्री अब्जर्भर छन् । बाँकी आठ सय ७६ भने साधारणतर्फका सैनिक रहेका छन् ।

 शान्ति मिसनमा सेना पठाउने विश्वका १० मुलुक    
शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा सुरक्षाकर्मी पठाउने सूचीका आधामा नेपाल चौथो स्थानमा छ । पहिलो स्थानमा बंगलादेश छ । दोस्रो र तेस्रोमा इथोपिया र रुवान्डा छ । चौथो नेपाल, पाँचौँ भारत छ भने पाकिस्तान छैटौँ स्थानमा छ । त्यस्तै, सातौं स्थानमा इजिप्ट, आठौंमा इन्डोनेसिया, नवौंमा उत्तरी  छिमेकी मुलुक चीन छ भने दशौं स्थानमा घाना रहेको छ ।