१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४४:oo

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूमाथि सम्पूर्ण रूपमा हमला भएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई पोखरामा सोमबार सम्बोधन गर्दै ओलीले सरकारले प्रभावकारी रूपमा काम गरेको देख्न नसक्नेहरूले सम्पूर्ण रूपमा हमला गरेको जिकिर गरे । 

उनले भने, ‘ममाथि शारीरिक हमला भएर तलमाथि भए पनि अनौठो नमाने हुन्छ ।’ उनले सतर्कता अपनाएको भन्दै प्रतिक्रियावादीसँग घुँडा नटेक्ने बताए । उनले देशलाई अन्धकारमा जानबाट रोक्न आवश्यक रहेको पनि बताए ।

ओलीले माधव नेपाल नेतृत्वमा छँदा कुनै कार्यक्रममा गएर बोल्नसमेत नपाउने गरेको दाबी पनि गरे । 
 

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहसँग बहुमत नरहेको जिकिर पनि गरे । उनले विधिवत् ढंगले बहुमत सिद्ध गर्न चुनौती दिएका छन् । बहुमत देखाउन केन्द्रीय कमिटी बैठकमा आउनुपर्ने र त्यो आधिकारिक बैठक अध्यक्ष र महासचिवले बोलाएको बैठक हुने उनको जिकिर छ । 

संसदीय दलको बैठक बोलाएर आफूलाई हटाउन र केन्द्रीय समितिको बैठक बोलाएर माधव नेपाललाई अध्यक्ष चयन गर्न उनले चुनौती दिए । तर, त्यो बैठक आफू र महासचिवले बोलाएको हुनुपर्ने उनको तर्क छ । 

केन्द्रीय सदस्य पनि हटाउने चेतावनी
आफूले नै नियुक्त गरेका संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइदिएको ओलीले बताए । केन्द्रीय सदस्य पनि आफैँले लेखेर दिएकाले हटाइदिने अधिकार पनि आफूसँग रहेको उनको भनाइ छ । ‘देवप्रसाद गुरुङलाई मैले नै नियुक्त गरेको हो, हटाइदिएँ । केन्द्रीय सदस्यहरूलाई पनि मैले नै लेखेर दिएको हो । मलाई हटाउने अधिकार छ,’ उनले भने ।

ad
ad