१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:२९:oo

नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध पनि गरेको श्रेष्ठले बताए ।

उनले भने, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । र, साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ ।’

प्रधानमन्त्री केपी ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो निर्णय मान्य नहुने पनि श्रेष्ठले बताए ।
 

ad
ad