मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण १६ आइतबार ०९:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार महिनापछि फर्किए खुम्बुवासी

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७७ फाल्गुण १६ आइतबार ०९:५९:००

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा मानिसको चहलपहल सुरु भएको छ । जाडो छल्नका लागि खुम्बुबाट बाहिरिएका मानिस पुनः खुम्बु भित्रिन थालेका छन् । जाडो बढेसँगै सुनसान बनेको खुम्बु क्षेत्रमा अहिले मानिसको चहलपहल बढ्न थालेको हो । 

बिस्तारै जाडो कम हुँदै गएको, जाडो बिदा सकिएपछि विद्यालय खुल्न थालेसँगै जाडो छल्न अन्यत्र गएका खुम्बुवासी फर्किएपछि अहिले चहलपहल बढेको स्थानीय तोया श्रेष्ठले बताए । यहाँ अत्यधिक मात्रामा चिसो हुने भएकाले जाडोको समयमा पूर्ण रूपमा विद्यालयहरू बन्द हुने गर्छन् । 

फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने आरोहण सिजनका लागि मानिसको चहलपहल सुरु भएको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । आरोहण सिजन सुरु भएसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटेलहरू पनि खुल्न थालेका छन् । 

पर्यटकीय सिजनमा हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेमा वर्षको दुईपटक आरोहण सिजन हुने समयमा यात्रुको चाप बढी हुन्छ । सिजनको वेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ ।