१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १३ बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय संसद्को दिगो विकास समितिको निर्देशन– रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्नू (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १८:३९:oo

संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनिकट रहेको रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेपछि विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानीडाँडा कटान गर्ने कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिएकी छिन् । 

समिति बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । 
यस्तै, पोखरा महानगरपालिकाको ल्यान्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णयसमेत गरेको छ । समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा पनि गरेको छ । सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सभापति भट्टले बताइन् ।