१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format o९:२४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रतिगमनको विरोधमा दलितको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार दलित समुदायले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । नेपाल दलित मुक्ति संगठनको नेतृत्वमा प्रदर्शन भएको हो । 

विराटनगरको तीनपैनीबाट निस्किएको जुलुसले प्रतिगमनको विरोधमा नाराबाजी गर्दै विराटनगर बजार परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभा गरेको थियो । 

प्रदर्शनमा सहभागी हुन मोरङका विभिन्न स्थानबाट दलितहरू विराटनगर आएका थिए । कोणसभामा प्रदेश १ सांसद उमिता बराइली, दलित मुक्ति संगठनका नेता कृष्ण रसाइली, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश सदस्य भोगेन्द्र यादव, दलित मुक्ति संगठन मोरङका संयोजक कपिल सुनारलगायतले प्रतिगमन रहेसम्म दलितका हक अधिकार सुनिश्चित हुन नसक्ने बताएका थिए ।

उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना भएर संविधानको रक्षा भए मात्र दलितहरूले त्याग र बलिदान दिएर प्राप्त भएका दलित अधिकारको रक्षा हुने बताए ।