१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भ्याक्सिनको दोस्रो डोज समयमै नलगाए के हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३o:oo

भ्याक्सिनको पहिलो डोज र दोस्रो डोजबीच पर्याप्त समय ग्याप भएन भने बी सेलहरूले उत्पादन गरेको एन्टिबडी त्यति शक्तिशाली मानिँदैन । 

कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर विश्वभरि नै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यहीकारण विश्वका करिब आधाभन्दा बढी देशले खोप अभियान सुरु गरिसकेका छन् । तुलनात्मक रूपमा कम जनसंख्या भएका देशमा खोप अभियान निकै प्रभावकारी पनि भएको छ । जस्तै, अमेरिका र क्यानडाको तुलनामा बहराइन, इजरायल, युएईजस्ता देशहरूमा भ्याक्सिन लगाउने दर धेरै छ । तर, कतिपय देशहरूमा भ्याक्सिन वितरणमा भएको ढिलाइले खोप लगाउन नपाउने अनुमानसमेत गरिएको छ ।

कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रकृतिअनुसार दुई डोज लगाउनुपर्ने हुन्छ । यो भ्याक्सिन तीनदेखि चार साताको अन्तरालमा लगाउन सकिने मापदण्ड छ । नेपालमा हाल प्रयोग भइरहेको भ्याक्सिनको दोस्रो डोज पनि चार साता अर्थात् २८ दिनपछि लगाउनुपर्ने भनिएको थियो । तर, विश्व स्वास्थ्य संगठनले पहिलो डोज लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन भनेपछि कोभिड–१९ प्राविधिक सल्लाहकार समितिले नेपाल सरकारलाई पनि करिब दुई महिनाको अन्तरालमा मात्रै दोस्रो खोप दिन सुझाब दिएको छ । वृद्धवृद्धाले भने कम समयमै पनि दोस्रो डोज लगाउन सक्ने समितिको सुझाब छ । 

क्लिनिकल ट्रायलको क्रममा फाइजर÷बायोन्टेक कम्पनीको खोप २१ दिनको अन्तरालमा र मोर्डनाको खोप २८ दिनको अन्तरालमा लगाइएको थियो । यस्तै एफडिएले इमर्जेन्सी प्रयोगका लागि मान्यता दिएको समयमा पनि कुनै खोपलाई पनि खोपको डोजका लागि समय निर्धारण गरेको थिएन । एफडिएले खोपको अन्तरालमा केही फरक पर्दा शरीरमा कुनै हानि नहुने जनाइसकेको छ । भ्याक्सिनको प्रभावकारिताबारे पूर्ण रूपमा तथ्यहरू बाहिर आइनसकेकाले यसबारे यकिन जानकारी कुनै भ्याक्सिन उत्पादन कम्पनीसँग पनि छैन । 

भ्याक्सिन किन दुई डोज नै लगाउन आवश्यक ?
कोभिड–१९ विरुद्ध बजारमा हाल उपलब्ध सबैजसो भ्याक्सिन दुई डोज लगाउनुपर्ने भनिएको छ । विज्ञहरूका अनुसार पहिलो डोजले शरीरमा सम्भावित खतरा पहिचान गर्न, संक्रमणविरुद्ध सक्रिय हुन र यसले एन्टिबडी उत्पादनमा सहयोग गर्छ । पहिलो डोजलाई प्राथमिक डोज पनि भनिन्छ । यसलाई मिट एन्ड ग्रेटको समेत संज्ञा दिएको छ । शरीरमा राम्रो एन्टिबडी उत्पादन गर्न र एन्टिबडी प्रतिक्रियालाई सक्रिय बनाउन पहिलो डोज लगाइन्छ । 

शरीरमा एन्टिबडी उत्पादन गर्ने कोषहरूलाई बी सेल भनिन्छ । यदि भ्याक्सिनको पहिलो डोज र दोस्रो डोजबीच पर्याप्त समय ग्याप भएन भने बी सेलहरूले उत्पादन गरेको एन्टिबडी त्यति शक्तिशाली मानिँदैन । जसले गर्दा केही समयको अन्तरालमा संक्रमणका कारण बिरामी हुने सम्भावना रहन्छ । अर्थात् भ्याक्सिनको दोस्रो डोज ६ सातापछि लगाउन सकिन्छ । 
 एजेन्सीको सहयोगमा 

ad
ad