१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ शैक्षिक सत्र असारदेखि : शिक्षामन्त्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:१४:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् । सफलता एचआइभी शिक्षा सदनले राजधानीमा मंगलबार गरेको सरस्वती पूजाको कार्यक्रम सहभागी श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रालयले नयाँ शैक्षिक सत्रको तयारी गरिरहेको बताएका हुन् ।

श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइएको र छिट्टै टुंगो लाग्ने पनि जानकारी दिए ।

आगामी दिनमा एचआइभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्ने पनि उनले बताए । श्रेष्ठले समाजमा चेतनाको कमीले एचआइभी संक्रमितहरूले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए ।

ad
ad