१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सोलुमा मतदाता नामावली अद्यावधिक

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार o९:१७:oo

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न गरेको छ । निर्वाचन अधिकारी नम्रता चुँडालले ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिइन् । 

नामावली विवरण सच्याउने, मृत्यु भएका मतदाताको नाम कटाउने, नागरिकता त्याग गरेका मतदाताको तथ्यांक संकलन सकेर अन्तिम नामावलीको सूची टाँस गरिएको चुँडालले बताइन् । जिल्ला निर्वाचन आयोगले स्थानीय तहका केन्द्रमा १५ देखि २१ माघसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । त्यसक्रममा जम्मा भएका विवरणलाई प्रमुख नाम दर्ता अधिकारीले जाँचबुझ गरी अन्तिम रूप दिइएको निर्वाचन अधिकारी चुँडालले बताइन् ।

प्राप्त विवरणअनुसार सोलु–दूधकुण्ड नगरपालिकामा मृत्यु भएका ९४ जना, नागरिकता त्याग गरेका एकजना छन् । यहाँ तीनजनाको विवरण सच्याइएको छ । सोताङ गाउँपालिकामा मृत्यु भएका ४४ छन् भने दुईजनाको विवरण सच्याइएको छ । खुम्बुपासाङल्हामु गाउँपालिकामा मृत्यु भएका १८ जना छन् भने तीनजनाको विवरण सच्याइएको छ ।

यसैगरी, लिखुपिके गाउँपालिकामा मृत्यु भएका दुईजना, दोहोरिएका तीनजना, सच्याइएका तीनजना, माम्यदूधकोसी गाउँपालिकामा मृत्यु भएका ५८ जना, सच्याइएको एकजना, महाकुलुङ गाउँपालिकामा मृत्यु भएका एकजना, सच्याइएको २५ जना छन् ।

थुलुङदूधकोसी गाउँपालिकामा पाँचजना मतदाता मृत्यु भएको पाइएको जिल्ला निर्वाचन अधिकारी चुँडालले जानकारी दिएकी छन् । ५ पुससम्म कायम भएका ७२ हजार सात सय आठजना मतदाताबाट अब यो संख्या घटाएर मतदाताको विवरणलाई अन्तिम रूप दिई निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाइने जिल्लास्थित कार्यालयले जनाएको छ । 
 

ad
ad