मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी र नेपाल पुलिसलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो । 

शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । नेपाल पुलिसले भने उपाधिका लागि अर्काे विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटले पराजित ग¥यो । 

उपाधिसँगै पुरुष र महिला दुवैतर्फको विजेता गण्डकी र नेपाल पुलिस क्लबले समान एक लाख ५० हजार प्राप्त गरेका छन् । यस्तै, उपविजेता आर्मी र एपिएफले पनि ७५ हजार प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकीका घनश्याम चौधरी र महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनीहरू दुवैले समान २० हजार प्राप्त गरे । 

पुरुषतर्फ आर्मीका हरि अधिकारी उत्कृष्ट ब्लकर, गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर, आर्मीका शरण समारी क्षेत्री उत्कृष्ट सर्भर, आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट स्पाइकर, गण्डकीका राजन दर्लामी मगर उत्कृष्ट रक्षक घोषित भए ।

महिलातर्फ एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सटर, न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाट्रइकर र पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट रक्षक घोषित भए । उत्कृष्ट घोषित भएका सबै खेलाडीले जनही पाँच–पाँच हजार प्राप्त गरे ।