१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भाषणकै आधारमा रामकुमारी झाँक्रीमाथि प्रहरी अनुसन्धान, सादा पोसाकका प्रहरी झाँक्रीको घर पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४४:oo

भाषणकै आधारमा नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले बिहीबार  उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको छ । उनी उपस्थित नभएपछि सादा पोसाकका प्रहरी उनको घरमा पठाइएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको हो । केही दिनअघि प्रधानमन्त्री केपी ओली समूहनिकट महिला नेतृहरूले झाँक्रीविरुद्ध गृह मन्त्रालयमा दिएको निवेदनलाई अनुसन्धानको आधार बनाइएको छ । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृमाथि अनुसन्धान गर्न लागेको हो । 

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले गृह मन्त्रालय हुँदै आएको निवेदनको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाएको बताए । दोस्रो जनआन्दोलनपछि यसरी भाषण गरेकै आधारमा नेतामाथि प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो ।

ad
ad