• ePaper
  • वि.सं २०७५ फाल्गुण ५ आइतबार
  • Sunday, 17 February, 2019
  • Archive

भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार,सामान्य वाडमा सारियो

२०७५ माघ २९ मंगलबार १९:४८:०० | काठमाडौ

पुर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । माघ २४ गते ह्याम्स अस्पतालमा भर्ना भएका नेता अधिकारीको स्वास्थ्यमा सुधार आएसंगै मंगलबार सामान्य वाडमा सारिएको उनका सहयोगी महेश विष्टले बताए ।

फोक्सोमा समस्या देखिए पछि नेपाल मेडिसिटी अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि २४ माघमा ह्याम्स अस्पताल लगिएको थियो । यस अगाडी अधिकारीलाई सघन उपचार कक्ष सिसियुमा राखिएको थियो ।

उनलाई माघ २ मा मेडिसिटी भर्ना गरिएको थियो । सघन उपचार कक्षमा राखेर एक महिना एक दिनमा समेत कुनै सुधार नआए पछि डिस्चार्ज गरी ह्याम्स लगिएको थियो । बिचमा उनलाई निमोनीय समेत भएको थियो । मेडिसिटीले अधिकारीको मुटुले १० प्रतिशत मात्रै काम गरेको भन्दै स्वास्थ्य अवस्था गंभिर रहेको बताउदै आएको थियो ।

तर, एक हप्तामा ह्याम्समा भएको उपचार पछि अधिकारी स्वस्थ्य भएका छन सहयोगी विष्टले भने ।

प्रतिकृया दिनुहोस