१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलको अक्सनमा आठ नेपाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२२:oo

सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारी विश्व चर्चित आइपिएलको अक्सनमा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आठ नेपाली खेलाडी अक्सनमा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बिबिसिसी)ले यसपटकको अक्सनमा एक हजार ९७ जना खेलाडीले नाम दर्ता गराएको जनाएको छ । बिसिसिआईको मिडिया रिलिजमा नेपालबाट आठ खेलाडी अक्सनमा रहेको मात्र उल्लेख गरेको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले शुक्रबारै आइपिएलको अक्सनमा परेका आठ नेपाली खेलाडीको नाम विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

नेपालबाट सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारी अक्सनमा रहेको क्यानको विज्ञप्तिमा उल्लेख गरेको छ । १४औँ आइपिएलको खेलाडी नाम दर्ता मिति ४ फेब्रुअरीसम्म थियो । पहिलोपटक नेपालबाट आठ खेलाडी अक्सनमा परेका हुन् । सन्दीप यसै सिजन दिल्ली क्यापिटल्सबाट रिजिल भएका हुन् । यसअघि उनले दिल्लीमा तीन सिजन बिताएका थिए । 

सन् २०१८ को अक्सनमा सन्दीपलाई तत्काल दिल्ली डेयरले २० लाख भारुमा अनुबन्ध गरेको थियो । रिकी पोन्टिङको प्रशिक्षणमा सन्दीपले त्यही वर्ष नै डेब्यु अवसर पाए । गत वर्ष युएईमा भएको आइपिएल संस्करणमा दिल्ली पहिलोपटक फाइनलसम्म प्रवेश गर्दा सन्दीप बेन्चमै रहे । बेन्चमा रहँदै सन्दीप आइपिएलकै उपविजेता खेलाडी बने । 

आइपिएलमा सन्दीपले २०१८ र २०१९ मा गरी कुल नौ खेलमा सहभागिता जनाए । यसक्रममा उनले १३ विकेट लिए । २०१८ को डेब्यु सिजनमा उनले तीन खेलमा पाँच विकेट लिए । सन्दीपले आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै विकेट लिँदै सनसनी मचाए । उनले डेब्यु खेलमा चार ओभर बलिङ गरी २५ रन खर्चेर एक विकेट लिएका थिए । सो सिजनमा दिल्ली प्ले अफ दौडबाट बाहिरिएको थियो । 

भारतबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका १ सय ८६ खेलाडी पनि अक्सनमै छन् । आइपिएलमा सबैभन्दा धेरै खेलाडी भारतबाट छन् । 

२०१९ को सिजनमा सन्दीपले सुरुमै स्थान बनाए । यस सिजनमा उनले ६ खेलमा आठ विकेट लिए । दिल्लीले खेलाडी रिलिज गरेको सूचिीमा परेका सन्दीपले आफूलाई अक्सनमा समावेश गरेका हुन् । बिसिसिआईका अनुसार १८ फेब्रुअरीमा अक्सन हुनेछ । यसमा भारतबाट ८ सय १७ खेलाडी अक्सनमा छन् । यसैगरी २ सय ८३ विदेशी खेलाडीले अक्सनमा आफ्नो नाम समावेश गराएका छन् । 

अक्सनमा एसोसिएट राष्ट्रबाट २७ खेलाडी परेका छन् । एसोसिएट राष्ट्र नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई र अमेरिकाका खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका हुन् । युएईबाट सर्वाधिक नौ खेलाडी एसोसिएट राष्ट्रका रूपमा छन् । 

भारतबाट क्याप जितेका २१ खेलाडी पनि अक्सनमा रहेको बिसिसिआईले जनाएको छ । भारतबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका १ सय ८६ खेलाडी पनि अक्सनमै छन् । आइपिएलमा सबैभन्दा धेरै खेलाडी भारतबाट छन् । आइपिएलको अक्सनमा ६१ खेलाडी बिक्री हुनेछन् । बिसिसिआईका अनुसार एक टोलीमा आठभन्दा बढी विदेशी खेलाडी राख्न पाइँदैन । यता एकदिवसीय विश्वकप ट्रफी उचालिसकेको वेस्ट इन्डिजका ५६ खेलाडी पनि अक्सनमा छन् । 

साविक एकदिवसीय विश्वकप च्याम्पियन अस्ट्रेलियाका ४२ तथा दक्षिण अफ्रिकाका ३८ खेलाडी अक्सनमा रहेको बिसिसिआईले उल्लेख गरेको छ । श्रीलंकाका ३१, न्युजिल्यान्डका २१ तथा इंग्ल्यान्डका २९ खेलाडी अक्सनमा समावेश छन् । टेस्ट मान्यताप्राप्त बंगलादेश र आयरल्यान्डबाट समान खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । जिम्बावेका एक खेलाडी मात्र अक्सनमा छन् । ‘अक्सनमा केवल ६१ खेलाडी मात्र बिक्री हुनेछन्,’ बिसिसिआईले जारी मिडिया रिलिजमा भनिएको छ, ‘प्रत्येक फेन्चाइज टोलीले धेरैमा २५ खेलाडी राख्न पाउँछ ।’ 
 

ad
ad