१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुगु–हुम्ला लिंकरोडका काठ वनलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:२५:oo

मुगु–हुम्ला जोड्ने लिंकरोड निर्माण गर्दा काटिएका रूखका काठ डिभिजन वन कार्यालय हुम्लालाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत तीन चरणमा डिएफआइडीले मुगु–हुम्ला जोड्ने लिंकरोड निर्माण गर्दा काटिएका रूखका काठ डिभिजन वन हुम्लालाई हस्तान्तरण गरेको हो । 

चंखेली गाउँपालिका– १ स्थित राष्ट्रिय वनभित्रका वन कार्यालयबाट छपान भएका रूख परियोजनाद्वारा कटान गरी डिभिजन वन कार्यालय हुम्लामा हस्तान्तरण गरिएको ग्रामीण पहँुच कार्यक्रमका परियोजनाका फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए ।

गोलिया बनाई डिभिजन वन कार्यालयले तोकिएको आड घाटगद्दी व्यवस्थापन गरिएका विभिन्न जातका एक हजार सात सय ३१ रूखहरूको चार हजार थान हस्तान्तरण गरिएको परियोजनाका फिल्ड व्यवस्थापक विष्टले बताए । 

उनले ४७ हजार सात सय ७८. ११ क्युबिक फिट गोलिया र २४ हजार आठ सय ६९.१८ क्युफिट दाउरा राष्ट्रिय वन क्षेत्रमा पर्ने भएकाले २८ पुसमा डिभिजन वन कार्यालय हुम्लालाई बुुझाइएको जानकारी दिए ।

डिभिजन वन कार्यालय हुम्लाका डिभिजन अधिकृत नीरज झाले ग्रामीण पहुँच कार्यक्रमले यस क्षेत्रमा पर्ने धेरै रूख जोगाएर काम गरेको बताए । ‘२५ हजार रूख काटिने भनिएको थियो, चार हजार रूख मात्रै काटिएको छ,’ डिभिजन वन अधिकृत झाले नयाँ पत्रिकासँग भने, ‘अब सूचना प्रकाशन गरी लिलाम बिक्री गरिनेछ ।’

सामुदायिक वनका दुईदेखि तीन सय रूख मात्रै काटिएका छन् । परियोजनाले धेरै रूख जोगाएर सडक निर्माण गरेको डिभिजन वन कार्यालय हुम्लाका डिभिजन अधिकृत झाको भनाइ छ । स्थानीय समुदाय, जनप्रतिनिधि र डिभिजन वन कार्यालय हुम्लाको रोहबरमा हस्तान्तरण भएका काठ डिभिजन वन कार्यालय हुम्लामै रहने भएको छ । 

ad
ad