१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख ३१ सोमबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सोलुखुम्बुमा भालुको आक्रमण बढ्दो, साउनयता पाँचजना घाइते

Read Time : > 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख ३१ सोमबार o७:१६:oo

सोलुखुम्बुमा गत साउनयता भालुको आक्रमणबाट पाँचजना घाइते भएका छन् । चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा भालुको आक्रमणमा परी जिल्लाका विभिन्न स्थानका पाँचजना घाइते भएका हुन् । 

घाइते हुनेमा सोलु–दूधकुण्ड नगरपालिका– १ की माया अधिकारी, तिङलाका मोहन भुजेल, महेश कार्की, सोताङ गाउँपालिका– ५ का कुलबहादुर कार्की र माप्य दूधकोशी गाउँपालिका बाकुका सञ्चबहादुर विक छन् । जिल्लामा बर्सेनि आधा दर्जनभन्दा बढी व्यक्ति भालुको आक्रमणमा पर्ने गरेका छन् ।

विशेषगरी खेतबारीमा मकै फलेका वेला भालुको आक्रमणको जोखिम बढी हुने गर्छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा भालुको आक्रमणबाट जम्मा सातजना घाइते भएका थिए । चालु आर्थिक वर्षको पहिलो सात महिनामै भालु आक्रमणका पाँचजना घाइते भएका हुन् । यस्तै, आर्थिक वर्ष ०७५/०७६ मा भालुले आक्रमण गरेर नौजना घाइते भएका थिए ।  

६ महिनामा ११ चौपाया मारिए
स्थानीयले मानवीय मात्र नभई पशुचौपाय र बालीनालीमा समेत क्षति बेहोर्दै आएका छन् । साउनयता चितुवाले ६ महिनामा ११ पशुचौपाय मारेको छ । जिल्लाका विभिन्न स्थानका ११ चौँरी तथा बाख्रा मारेको हो । सोलु–दूधकुण्ड नगरपालिका– १० का थुतोप शेर्पा, ङिमा शेर्पा, थुतोप दोर्जी शेर्पाको एक–एकवटा चौँरी चितुवाको आक्रमणमा परेका छन् । सोलु–दूधकुण्ड नगरपालिका– ९ का साङ्गे शेर्पाको दुईवटा चौँरी र थुलुङ दूधकोसी गाउँपालिका– ९ का थार्चेन शेर्पाको ६ वटा बाख्रा चितुवाले मारेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन भएन
लगातार क्षति व्यहोर्दै आएका वन्यजन्तुपीडित स्थानीयले भने क्षतिपूर्ति पाएका छैनन् । वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाए २० हजारसम्म, सख्त घाइते बनाए दुई लाखसम्म र मृत्यु भए मृतकको हकवालालाई १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।

तर, डिभिजन वन कार्यालयको सिफारिसमा सगरमाथा राष्ट्रिय निकुञ्जले उपलब्ध गराउने क्षतिपूर्ति पीडितले अझैसम्म पाउन सकेका छैनन् । आवश्यक कागजात नपुगेकाले क्षतिपूर्ति उपलब्ध गराउन ढिलाइ भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताए ।

ad
ad