१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : रोयटर्स
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

म्यानमारमा नेतृ आङ सान सूचीसहित नेताहरू सेनाको कब्जामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५५:oo

म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ सान सूचीसहित नेतालाई सेनाले गिरफ्तार गरेको छ । एनएलडीका प्रवक्ता म्यो न्युनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेतृ सूचीसँगै अन्य वरिष्ठ नेतालाई सोमबार बिहानै सेनाले गिरफ्तार गरेको जनाएको छ ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा एनएलडीले सरकार गठनका लागि आवश्यक पर्ने बहुमत प्राप्त गरेपछि सरकार र सेनाबीच तनाव बढिरहेको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले संसद् बैठक बस्न दिइरहेको थिएन ।

सोमबार संसद् बैठक बस्ने तयारी म्यानमारमा थियो । तर, सेनाले भने बैठक सार्न भन्दै आएको थियो । यहीवेला सूचीलगायत नेताहरूलाई सेनाले गिरफ्तार गरेको हो । रोयटर्सका अनुसार सोमबार एकाबिहानै सूचीसँगै राष्ट्रपति वुइन मियन तथा अन्य नेता पनि गिरफ्तार भएका छन् ।

म्यानमारको राजधानी नेपिदमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बिबिसीले जनाएको छ । आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै रोयटर्ससँग टेलिफोनमा कुराकानी गरेका एनएलडी प्रवक्ता म्योले भनेका छन्, ‘हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु । उनीहरूले कानुनअनुसार व्यवहार गरून् भन्ने अपेक्षा छ । ’

 

ad
ad