१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भ्याक्सिन लगाएर आउनेलाई नेपालमा निर्वाध रूपमा घुम्न दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o७:oo

कोरोनाविरुद्धको भ्याक्सिन लगाएर नेपाल आउनेहरूलाई स्वतन्त्र रूपमा घुम्न पाउने व्यवस्था गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्याक्सिन लगाएर आउनेहरूलाई विनाअवरोध घुम्न  पाउने व्यवस्था गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले भ्याक्सिन लगाएको प्रमाण लिएर आउनेलाई नरोक्ने गरी प्रस्ताव लगेको जानकारी दिए । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि तुरुन्तै कार्यान्वयन गरिने मन्त्री ढकालले बताए । भ्याक्सिन नलगाएका, तर पिसिआर रिपोर्ट लिएर आउनेहरूलाई क्वारेन्टिनको व्यवस्था नगरिने गरी अर्को प्रस्ताव पनि मन्त्रिपरिषदमा लगेको मन्त्री ढकालले जानकारी दिए ।

ad
ad