१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गंगालालको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ भन्ने थियो : सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o१:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहिदहरूको बलिदानकै कारण नेपालीले अहिले निर्वाध नागरिक अधिकार प्रयोग गर्न पाएको टिप्पणी गरेका छन् । सहिद दिवसको अवसरमा सन्देश दिँदै उनले सहिद गंगालाल श्रेष्ठलाई सम्झिएका छन् ।

‘सहिद हुनुअघि गंगालालले जेलभित्रै गणेशमान सिंहलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भन्नुभएको थियो, मलाई बुबाले सुनाउनुभएको म आज पनि सम्झन्छु,’ नेता सिंहले भने । उनले सहिदहरूको त्यही रगत बगेकै कारण अहिले स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेको बताए । 

‘सहिदहरू गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैँ नेपालीको मनमुटुमा रहिरहनुहुनेछ, सहिद दिवसको दिन उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु,’ सिंहले भनेका छन् । 

उनले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि केपी ओली सरकारले धावा बोलेको भन्दै ओली प्रवृत्तिविरुद्ध अहिले एक भएर लड्नुपर्ने वेला रहेको बताए । ‘अझै पनि सहिदहरूले देख्नुभएको सपना साकार हुन बाँकी छ । सहिदले देखेका सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् । नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमानदार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस्,’ नेता सिंहले सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै भनेका छन् । 

ad
ad