१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागमतीमा ६४ हजारलाई कोभिडविरुद्धको खोप लगाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३२:oo

कोरोना भाइरस संक्रमण (कोभिड– १९) विरुद्धको खोप बागमती प्रदेशमा पनि लगाउन सुरु गरिएको छ । बुधबार हेटौँडामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठलाई कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरु गरिएको हो ।

मुख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप हस्तान्तरण गरेर कोभिड– १९ खोप अभियानको औपचारिक शुभारम्भ भएको घोषणा गरेका थिए ।कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले संघीय सरकारले कोभिड खोप उपलब्ध गराएपछि बागमती प्रदेशको १३ जिल्लामा ६४ हजार एक सय ९२ जना नागरिकलाई खोप लगाइने बताए ।

उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र महिला स्वयंसेविकालाई खोप लगाउने योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । बागमतीका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोपकेन्द्र स्थापना गरिएको मन्त्रालयका सचिव काफ्लेले जानकारी दिए । उनका अनुसार एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी खोप लगाउनका लागि परिचालन गरिएको छ । 

बागमतीको रामेछापमा एक हजार चार सय १६, सिन्धुलीमा एक हजार चार सय ८०, ललितपुरमा सात हजार आठ सय १२, रसुवामा सात सय ५७, चितवनमा तीन हजार सात सय ४१, काभ्रेमा तीन हजार ६ सय ३८, नुवाकोटमा दुई हजार चार सय, दोलखामा दुई हजार एक सय ४२, भक्तपुरमा तीन हजार आठ सय ४५, सिन्धुपाल्चोकमा एक हजार सात सय ७३, काठमाडौंमा ३३ हजार पाँच सय नाै, धादिङ एक हजार पाँच सय नाै र मकवानपुरमा दुई हजार दुई सय ८९ जनालाई पहिलो चरणमा खोप लगाइनेछ । 

पहिलो डोज लगाइएको एक महिनाको अन्तरालपछि अर्को डोज लगाइने मन्त्रालयले जनाएको छ । हेटौँडामा आइपुगेको खोप प्रदेश २ का ६ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई पनि उपलब्ध गराइएको छ । 
 

ad
ad