१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

सडक सञ्जालमा जोडिए दैलेख र कालिकोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४५:oo

दैलेख र कालिकोट सडक सञ्जालमा जोडिएका छन् । दैलेखको भैरवी गाउँपालिकादेखि कालिकोटको शुभकालिका गाउँपालिकासम्म सडक बनेपछि दुई जिल्ला सडक सञ्जालमा जोडिएका हुन् ।

दैलेखको माथिल्लो डुंगेश्वर, दुल्लु, डाडमाडी, ब्याउली, कालिकोटको सेरी पान्तडी सडकअन्तर्गत दुई जिल्लामा सडक पुगेको छ । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुंगेश्वर, बैकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालिकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीबाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा कालिकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । ‘दैलेखको तल्लो डुंगेश्वरबाट कालिकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिनेछ ।’ उनले भने, ‘५६ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।’

अब कालिकोटतर्फ १० किलोमिटर सडक निर्माण हुन बाँकी रहेको छ । सो सडक निर्माणपछि कालिकोटदेखि दैलेख हुँदै सुर्खेत पुग्ने छोटो मार्ग हुने कालिकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘कालिकोट सडकखण्डको सडक निर्माणका लागि ठेक्का भइसकेको छ,’ उनले भने, ‘वैशाखसम्म यो खण्डको पूर्ण ट्र्याक खुल्नेछ ।’

सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको राराताल तथा जुम्ला पुग्न सकिने तथा उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग बन्ने दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले बताए ।

ad
ad