मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडौं
२०७७ माघ १४ बुधबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माइतीघरमा प्रचण्ड–माधव पक्षको धर्ना (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ माघ १४ बुधबार १७:११:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ । प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका हुन् । 

विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ ।

विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । 
नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको धर्ना शनिबारबाहेक २१ माघसम्म प्रत्येक दिन दुई घन्टा हुने नेताहरूले बताएका छन् ।