१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अशोक वाजपेयी
२o८१ बैशाख ३१ सोमबार o९:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

तन्त्र र लोकबीचको सम्बन्ध

स–सानो सत्याग्रहले पनि ठूलो परिवर्तन ल्याउन सक्छ

Read Time : > 2 मिनेट
अशोक वाजपेयी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o५:oo

डा. राजेन्द्र प्रसादको सागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाषण दिने कार्यक्रम थियो । उनी आठ–दश दिनपछि राष्ट्रपति पद ग्रहण गर्दै थिए । भारतमा गणतन्त्र घोषणा हुँदै थियो । त्यो समय मेरा पिता पनि सागर विश्वविद्यालयका अधिकारी थिए । उनको एक जिम्मेवारी डा. रोजेन्द्र प्रसादको बसोवासको व्यवस्था हेर्नु थियोे । भावी राष्ट्रपति डा. राजेन्द्र प्रसाद सर्किट हाउसमा बसेका थिए । सो भवन हाम्रो घरबाट केही पर थियो । त्यसैले म पिताको पछि उनको कार्यस्थल गएँ । हामी सर्किट हाउस पुग्दा डा. राजेन्द्र उनले लगाउने कपडाको बटन सिइरहेका थिए । हामीलाई देख्नासाथ उनले भने, ‘बटन निस्किएको रहेछ । अब दीक्षान्त समारोहमा यसैगरी जानु त भएन । त्यसैले म यसलाई ठीक गर्दै छु ।’ दश दिनपछि राष्ट्रपति बन्न लागेको व्यक्तिको सादगी यस्तो थियो । यसले मेरो मनमा नेताहरू सादगीपूर्ण हुन्छन् भन्ने छाप पर्‍यो । 

यसको दुई वर्षपछि जवाहरलाल नेहरु पुनः सागर विश्वविद्यालयको पुस्तकालय भवनको शिलान्यास गर्न पुगे । त्यो समय सर्वसाधारण र नेताबीच दूरी कम थियो । आममानिसमा नेताहरू पर्दापछाडि गडबड गर्न सक्छन् भन्ने आशंका पनि थिएन । नेताको जीवनशैलीमा सादगीपन, पारदर्शिता थियो । उनीहरूबीच आपसमा झगडा त हुन्थ्यो होला, तर पनि आममान्यता के थियो भने उनीहरू समझदार हुन्छन्, संवेदनशील हुन्छन् । ती दिन नेताहरू मानिसको ख्याल गर्थे, जवाफ फर्काउँथे । मेरो आफ्नै व्यक्तिगत अनुभव छन् । 

उसो त लोकतन्त्रमा लोक(जनता) र तन्त्रबीच तनाव रहन्छ । यो तनाव लगभग अनिवार्य हुन्छ । तन्त्रको काम व्यवस्था कायम राख्नु हुन्छ र लोकको काम सो व्यवस्थालाई बदल्ने । यस्तोमा तनाव त हुन्छ नै ।

म नौ कक्षामा पढ्दा विश्वशान्तिबारे चिन्ता बढ्न थालेको थियो । मैले प्रधानमन्त्री नेहरुलाई चिठी पठाएर विश्वशान्तिका लागि मिहिनेत गर्न आग्रह गरेको थिएँ । चिठीको जवाफ लेख्दै नेहरुले मैले उठाएको सबै विषय ठीक रहेको तर अहिलेको समयमा पढाइमा मन लगाउन सुझाव दिएका थिए । मैले अमेरिकी राष्ट्रपति ट्रुमनलाई पनि चिठी लेख्दै शान्ति स्थापनाका लागि प्रयास जारी राख्न भनेको थिएँ । जवाफमा मलाई ह्वाइट हाउसबाट एउटा ठूलो पार्सल आयो । जसमा कैयौँ नक्साहरूको संग्रह थियो । 

विगतमा भारतीयहरू गणतन्त्र दिवस तथा स्वतन्त्रता दिवसमा बडो उत्साहका साथ सामेल हुन्थे । आज समय बदलिएको छ । मानिसमा संकीर्णता, घृणा भाव, भेदभाव बढेको छ । तन्त्र त स्वेच्छाचार चलाउने औजार बनेको छ । उसो त लोकतन्त्रमा लोक(जनता) र तन्त्रबीच तनाव रहन्छ । यो तनाव लगभग अनिवार्य हुन्छ । तन्त्रको कामा व्यवस्था कायम राख्नु हुन्छ र लोकको काम सो व्यवस्थालाई बदल्ने । यस्तोमा तनाव त हुन्छ नै । हजारौँ किसान दुई महिनादेखि भारतको राजधानीको सीमामा बसेका छन् । तर, तन्त्र तिनको कुरा सुन्न तयार छैन । एक स्थायी तन्त्रले देशलाई अराजक हुनबाट रोक्नेछ भन्ने जवाहरलाल नेहरु वा सरदार पटेलको धारणा थियो । एक समयसम्म तन्त्रले त्यो भूमिका निर्वाह पनि ग¥यो । तर, बिस्तारै यो राजनीतिक, आर्थिक रूपबाट भ्रष्ट भयो । लोकसँग गरिरहेको वाचा पूरा भएका छैनन् । तन्त्रमा पनि अपवाद छ, राम्रा मान्छे पनि छन् । तर, समग्रमा तन्त्रमा न पहिलेजस्तो साहस छ, न त सहनशीलता नै । ऊ धेरै समय गलत चिजको वचाउ गरिरहेको देखिन्छ । 

भारतको हिन्दीभाषी क्षेत्रमा नागरिक समाज राम्ररी विकास हुन पाएन । महाराष्ट्र, तमिलनाडु, कर्नाटक, बंगाल, असममा नागरिक समाज छ । तर, हिन्दीभाषी क्षेत्रको धेरैजसो विश्वविद्यालय ध्वस्त छ । ज्यादाजसो शिक्षण संस्था र अध्यापक या त रामभरोसामा छन् या राज्य भरोसामा । यसले गर्दा हिन्दी बिस्तारै धर्मान्ध, घृणा र भेदभावको भाषामा बदलिँदै गएको हो कि भन्ने आशंका बढेको छ । आज भारतको गणतन्त्रमा सुधारको लागि स–सानो परिवर्तनको आवश्यकता छ । 

स–सानो सत्याग्रहले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । राजनीतिक, धार्मिक, आर्थिक, न्यायिक सुधारका लागि आमजनतालाई अगाडि आउन आवश्यक छ । किसान आन्दोलन सफल भए पनि विफल भए पनि, यसको खास अर्थ छ । किसानहरूले संगठित राजनीतिक तन्त्रलाई अलग रहेर आन्दोलन गरेका छन् । यो आन्दोलनले जनता अझै पनि तन्त्रमाथि दबाब राख्न सक्छन् भन्ने देखाइदिएको छ ।

(वाजपेयी कवि तथा पूर्वभारतीय प्रशासनिक अधिकारी हुन्)
हिन्दुस्तानबाट

 

ad
ad