१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ११ आइतबार ०९:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विप्लव नेतृत्वको नेकपाका  दुई नेता पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ ११ आइतबार ०९:५०:००

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता बाग्लुङबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बाग्लुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । 

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री विकिरण छन् । शाक्य म्याग्दी जिल्लाका पूर्वसेक्रेटरी हुन् भने क्षेत्री बाग्लुङका पूर्वइन्चार्ज हुन् ।

दुवैको साथबाट नेपाल बन्दसम्बन्धी प्रचार सामग्री बरामद गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए । उनका अनुसार शाक्यको साथबाट दुईवटा मोबाइल फोन र तीनवटा सिमकार्ड तथा क्षेत्रीको साथबाट चारवटा मोबाइल फोन र सातवटा सिमकार्ड पनि बरामद भएको छ । 

शनिबार बिहान बाग्लुङ बजारनजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेपछि प्रहरीले संलग्न व्यक्तिको खोजीकार्य तीव्र पारेको थियो । उक्त शंकास्पद वस्तु शाक्य र विकिरणको समूहले नै राखेको हुन सक्ने प्रहरीको अनुमान छ । आइतबार म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समय कारागार बसेका थिए । सर्वोच्च अदालतको आदेशपछि केही अघि दुवैजना रिहा भएका थिए ।