१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३१ सोमबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

राना थारू भाषाको  व्याकरण तयार पारिँदै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४४:oo

भाषा आयोगले चालू आर्थिक वर्षभित्रै व्याकरण सार्वजनिक गर्ने

सुदूरपश्चिम प्रदेश (कैलाली, कञ्चनपुर)मा बसोवास गर्दै आएका राना थारू समुदायको भाषाको व्याकरण निर्माण हुने भएको छ । भाषा आयोगले सुदूरपश्चिमका राना थारू समुदायको भाषाबारे व्याकरण तयार गर्न लागेको हो । नेपालमा हालसम्म १२३ भाषा बोलिँदै आएका थिए । जसमध्ये भाषा आयोगले कैलाली–कञ्चनपुरमा बसोवास गर्ने राना थारू समुदायको भाषासहित थप आठ भाषा पहिचान गरेको छ । 

भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषासम्बन्धी संवैधानिक व्यवस्थाअनुरूप कैलाली–कञ्चनपुरमा रहेका राना समुदायको भाषा अध्ययन भइरहेको बताउँछन् । ‘नेपालमा यसअघि प्रचलनमा आएका १२३ भाषामध्ये आयोगले थप आठ भाषा पहिचान गरेको छ,’ उनले भने, ‘जसमध्ये कैलाली–कञ्चनपुरमा बसोवास गर्ने राना थारू समुदायको पनि भाषाको अध्ययन गर्छौं ।’ उनका अनुसार चालू आर्थिक वर्षभित्रै भाषाबारे व्याकरण निर्माण गरिनेछ ।

राना थारूको भाषाको व्याकरण निर्माणको जिम्मा पाएका त्रिभुवन विश्वविद्यालयका भाषाविज्ञानका सहायक डिन तथा भाषाशास्त्री डा. द्वविनन्द ढकालले राना समुदायको भाषा पहिलोपटक अध्ययन भइरहेको बताए । ‘शब्दकोश, व्याकरण र पाठ्यसंग्रहबाट अध्ययन गर्छौं,’ उनले भने, ‘यो ऐतिहासिक नयाँ विषय हो ।’ उनका अनुसार भाषाविज्ञ कमलसिंह राना, राजकुमार रानासहित २१ वर्षमाथि ६५ वर्षसम्मका राना समुदायलाई स्रोत बनाएर राना भाषाको अध्ययन गरिनेछ ।

                                                 .....

आफ्नो भाषाबारे व्याकरण निर्माण हुने भएपछि कैलाली–कञ्चनपुरका राना थारू समुदाय हर्षित भएका छन् । उनीहरूले यसअघि राना थारूलाई अन्य सबै थारू समुदायमा राखेर ओझेलमा परेकोे भन्दै अब छुट्टै राना थारू समुदायको भाषा सूचीकृत भएकोप्रति सरकारले राना थारू समुदायको लोकसंस्कृति प्रवद्र्धन गरेको बताएका छन् । नेपाल राना थारू समाजका अध्यक्ष कृपाराम राना सरकारले राना थारू समुदायको लोकसंस्कृति संरक्षण एव भाषा प्रवद्र्धनका लागि उल्लेख भूमिका निर्वाह गरेको बताउँछन् । 

‘संस्कृति संरक्षणविना विकास हुँदैन,’ उनी भन्छन्, ‘जब संस्कृति छ, तब विकास हुन्छ ।’ व्याकरणविना औपचारिक नहुने बताउँदै पूर्वसंविधानसभा सदस्यसमेत रहेका रानाले संविधानले नै भाषा संरक्षणको हकलाई मौलिक हकमा राखेकाले अब राना समुदायको भाषाबारे व्याकरण बन्ने बताए । उनले आफूले पहिलेदेखि नै राना थारू समुदायको मूल धर्म, भाषा, संस्कृति संरक्षणका लागि पहल गरिरहेको बताउँदै भविष्यमा पनि लागिरहने बताए ।

                                                .....

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी निवर्तमान अध्यक्ष प्रेमवती रानाले आदिमकालदेखि कैलाली–कञ्चनपुरमा बस्दै आएका राना समुदायको भाषा दस्तावेजीकरण नभएको भन्दै दुःखेसो पोखिन् । ‘जन्मेदेखि मृत्युसम्म राना समुदायको छुट्टै विशिष्टीकृत धर्म, संस्कृति संस्कार छ,’ हालै कञ्चनपुरमा आयोजित छलफलमा उनले भनिन्, ‘हामीले आफ्ना बालबालिकालाई मातृभाषा सिकाउनुपर्छ ।’ 

दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बन्दु रानाले सरकारबाट राना समुदायको भाषा सूचीकृतका लागि प्रयास भइरहेको बताए । कञ्चनपुरका थारू नेता पल्टु रानाले राना समुदायको ऐतिहासिक धर्म संस्कृति संस्कार संरक्षणमा लागि सबै सरकार एक हुनुपर्नेमा जोड दिएका थिए । कृष्णपुर नगरपालिका उपप्रमुख रमिता राना बडायकले आफूहरूले जनप्रतिनिधि नहुँदै राना समुदायको भाषाको अध्ययन गरेको बताउँदै आफ्नो तर्फबाट राना समुदायको भाषालाई दस्तावेजीकरणका लागि पहल गर्ने आश्वासन दिइन् । 

ad
ad