• ePaper
  • वि.सं २०७५ फाल्गुण ५ आइतबार
  • Sunday, 17 February, 2019
  • Archive

इटहरीमा छुरा प्रहार गरि महिलाको हत्या

२०७५ माघ २८ सोमबार २०:३८:०० | धरान

इटहरीमा छुरा प्रहार गरि एक महिलाको हत्या हत्या भएको छ । इटहरी ४ स्थित माखिम टोलमा डेरा गरि बस्ने ३० वर्षीया सोनिया राईलाई सोही ठाउँका लालबहादुर राईले छुरा प्रहार गरि हत्या गरेका हुन् । 

लालबहादुरलाई इलाका प्रहरी कार्यलयले इटहरीले पक्राउ गरेको छ । राईले सोमबार साँझ ६ बजे डेरामा महिलाको हत्या गरेको प्रहरीले  जनाएको छ । हत्या किन गरे भन्ने खुलेको छैन । मृतक राईका श्रीमान बैदेशिक रोजगारमा छन् । 

घटनास्थलमा मुचुल्का तयार गरि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए । घटनास्थलमा हत्यामा प्रयोग भएको छुरा समेत बरामद गरिएको छ । लालबहादुर र सोनिया दुवै जना लामो समयदेखिसँगै बस्दै आएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस